• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘सिनेपा:’ स्टुडियो निर्माणको औपचारिक सुरुवात

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ३०, मंगलवार २२:३० प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपाली फिल्म उद्योगका लागि ऐतिहासिक मानिएको अत्याधुनिक इन्डोर छायांकन स्टुडियो ‘सिनेपा:’ को निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष समारोहमा स्टुडियो निर्माणको घोषणा गर्दै शिलापत्र अनावरण गरेका हुन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणलाई नेपाली फिल्म क्षेत्रको युगान्तकारी मोडको रूपमा व्याख्या गरे । उनले सरकारले स्टुडियो निर्माणमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै, यसलाई छायांकन, डबिङ र गायन स्टुडियोलाई समेत समेट्ने बहुउद्देश्यीय केन्द्र बनाउन सुझाव दिए ।

    स्टुडियो काभ्रेको बनेपा नगरपालिका – १० र १३ मा निर्माण हुने जनाइएको छ। ओलीले यसअघि दोलखा र पालुङटारमा फिल्म सिटी निर्माणको प्रस्ताव ल्याएको तर अपेक्षित समर्थन नपाएको गुनासो पनि गरे।

    सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली फिल्म क्षेत्रले लामो समयपछि सुविधासम्पन्न स्टुडियो पाउन लागेकोमा खुसी व्यक्त गर्दै सरकारले स्टुडियो निर्माणमा पूर्ण साथ दिने प्रतिवद्धता दोहोर्याए। साथै उनले चलचित्र ऐन, मिडिया काउन्सिल र सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा पुगेको जानकारी दिँदै पुराना कानुनलाई समयसापेक्ष रूपान्तरण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

    पूर्व सञ्चारमन्त्री तथा सांसद गोकुल बाँस्कोटाले स्टुडियो निर्माणका लागि आफूले जग्गा उपलब्ध गराउने पहल गरेको भन्दै स्थानीय जनप्रतिनिधिहरूलाई बधाई दिए । निर्देशक नीर शाहले स्टुडियोमा कृत्रिम बौद्धिकता (AI) र नवीनतम प्रविधि जडान गर्न सुझाव दिँदै यसलाई बहुउद्देश्यीय प्लेटफर्म बनाइनुपर्ने बताए ।

    चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले ‘सिनेपा:’ जस्ता ठूला परियोजनाहरू सकारात्मक सोचको उपज भएको बताए । साथै उनले आगामी सातादेखि रियल टाइम बक्सअफिस प्रणाली लागू गरिने जानकारी दिँदै, स्टुडियो निर्माण, बक्सअफिस प्रणाली र चलचित्र ऐन निर्माण तीनै पक्षमा काम अगाडि बढिरहेको जनाए ।

    Post Views: 346
    • Cinepa
    • Dinesh Dc
    • Film Development Board Nepal
    • Kala Saili
    • Kala Saili News
    • Kp Sharma Oli
    प्रकाशित मिति: २०८२ बैशाख ३०, मंगलवार २२:३०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.