• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

साम्राज्ञीकी आमा नेहा फिल्म ‘आहुति’ बाट अभिनयमा

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख २८, आईतवार २३:२० प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपाली फिल्ममा स्थापित कलाकारका सन्तानले पाइला टेक्नु सामान्य मानिन्छ । तर, यसपटक भने यो ट्रेन्ड उल्टिएको छ । चर्चित अभिनेत्री साम्राज्ञी आरएल शाहकी आमा नेहा राज्यलक्ष्मी शाहले फिल्ममा डेब्यु गरेकी छिन् । उनले निर्माणाधीन फिल्म ‘आहुति: द वे अफ चेन्ज’ मार्फत अभिनय यात्रा सुरु गरेकी हुन् ।

    पछिल्लो केही सातादेखि पूर्वी नेपालको पाँचथर जिल्लामा छायांकन भइरहेको यस फिल्मको सेटबाट साम्राज्ञीले आमा नेहाको गेटअपसहितका तस्बिरहरू आफ्नो इन्स्टाग्राममा सेयर गरिरहेकी छन् । केही दिनअघि नेहा स्वयंले पनि पहेँलो पहिरनमा घोडामा सवार भएको एक भिडियो फेसबुकमा पोस्ट गरेकी थिइन्, जुन फिल्मकै लागि खिचिएको दृश्य थियो । उनको पहिरन र हाउभाउ हेर्दा उनी गाउँको एक प्रतिष्ठित महिलाको भूमिकामा रहेको अनुमान लगाउन सकिन्छ ।

    ‘आहुति’ मा साम्राज्ञीको पनि प्रमुख भूमिका रहेको छ । यसकारण, दर्शकले पहिलोपटक आमा-छोरीलाई एकसाथ ठूलो पर्दामा हेर्न पाउनेछन्, जुन आफैंमा एक रोचक संयोग हुनेछ । धेरैलाई थाहा नहुन सक्छ, साम्राज्ञीकी आमा नेहा एक गायिका पनि हुन् । करिब चार वर्षअघि सार्वजनिक उनको ‘तिमी र म’ बोलको गीतको म्युजिक भिडियोमा साम्राज्ञीले अभिनय गरेकी थिइन् ।

    भवानी संग्रौलाको निर्देशनमा तयार भइरहेको ‘आहुति’ मा साम्राज्ञी र नेहासँगै गायक प्रकाश दूतराज र रिहान गिरीको अभिनय रहेको छ । यो प्रकाश दूतराजको पनि डेब्यु फिल्म हो । फिल्ममा कलाकारहरू ग्रामीण पात्रको भूमिकामा देखिनेछन् । फिल्म दुई भागमा बनिरहेको छ ।

    Post Views: 323
    • Aahuti
    • Kala Saili
    • Kala Saili News
    • Neha RL Shah
    • Prakash Dutraj
    • Rihaan Giri
    • Samragyee RL Shah
    प्रकाशित मिति: २०८२ बैशाख २८, आईतवार २३:२०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.