• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘भूल चुक माफ’ को ओटीटी रिलिजमा अस्थायी रोक

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख २८, आईतवार १४:१३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । अभिनेता राजकुमार राव र वामिका गब्बी अभिनीत फिल्म ‘भूल चुक माफ’ को ओटीटी रिलिजमा बम्बे उच्च अदालतले अस्थायी रोक लगाएको छ । भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार, पीभीआर इनक्सले फिल्म निर्माण कम्पनी म्याडक फिल्म्सविरुद्ध ६० करोड भारूको क्षतिपूर्ति दाबीसहित उजुरी दर्ता गरेपछि अदालतले यस्तो आदेश दिएको हो ।

    यसअघि फिल्म ९ मेमा सिनेमा घरमा रिलिज हुने तय थियो । तर, म्याडक फिल्म्सले अन्तिम समयमा निर्णय परिवर्तन गर्दै १६ मेमा अमेजन प्राइम भिडियोमार्फत ओटीटीमा रिलिज गर्ने घोषणा गर्‍यो । यसले पीभीआरलाई ठूलो आर्थिक क्षति पुगेको भन्दै कानुनी उपचारको बाटो रोजिएको हो ।

    ८ मेमा म्याडक फिल्म्सले जारी गरेको विज्ञप्तिमा भने पहलगाम आतंकी हमला र भारत-पाकिस्तानबीचको तनावका कारण सिनेमा हलको सट्टा ओटीटीमा फिल्म रिलिज गर्नुपरेको भनिएको थियो । तर पीभीआरले भने फिल्मको अग्रिम बुकिङ कमजोर भएपछि यस्तो निर्णय गरिएको आरोप लगाएको छ ।

    करण शर्मा निर्देशित फिल्ममा राजकुमार राव र वामिका गब्बीसँगै सञ्जय मिश्रा, सीमा पाहवा लगायतका कलाकारको अभिनय रहेको छ । अब अदालतको अन्तिम निर्णय नआएसम्म फिल्मको ओटीटी रिलिज रोकिएको छ । यस घटनाले भारतको फिल्म प्रदर्शन प्रणालीमा ओटीटी र सिनेमा हलबीचको द्वन्द्वलाई पुनः सतहमा ल्याएको छ ।

    Post Views: 526
    • Bhool Chuk Maaf
    • Kala Saili
    • Kala Saili News
    • Raj Kumar Rao
    • Vamika Gubby
    प्रकाशित मिति: २०८२ बैशाख २८, आईतवार १४:१३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.