• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai Rajesh Hamal Bipin Karki saugat malla Miruna Magar Dinesh Dc Kala Saili Gallery Kala Saili Music

रजनीकान्त बने एसियाका सबैभन्दा महँगा अभिनेता

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख २७, शनिबार २३:१४ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । भारतीय सुपरस्टार रजनीकान्त फेरि एक पटक चर्चाको शिखरमा छन् । दक्षिण भारतीय फिल्म ‘कुली’ मा काम गरेबापत उनले लिएको पारिश्रमिकले उनलाई एसियाकै सबैभन्दा महँगो अभिनेता बनाएको भारतीय मिडियाहरूले दाबी गरेका छन् । ‘जेलर’ र ‘वेट्टायन’ जस्ता सफल फिल्मपछि रजनीकान्त निर्देशक लोकेश कनागराजको फिल्म ‘कुली’ मार्फत पर्दामा फर्किंदैछन् ।

    मनी कन्ट्रोलको रिपोर्टअनुसार, उनले उक्त फिल्मबाट २ सय ६० देखि २ सय ८० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका छन्, जुन एसियाली फिल्म उद्योगमा अहिलेसम्मकै सबैभन्दा उच्च पारिश्रमिक मानिएको छ ।

    ‘कुली’ को कुल बजेट ४ सय करोड रुपैयाँ रहेको बताइएको छ, जसको आधाभन्दा बढी रकम रजनीकान्तको पारिश्रमिकमै खर्च भएको छ । निर्माणमा कलानिधि मारन छन्, भने निर्देशक लोकेश कनागराजले ६० करोड र अर्का मुख्य अभिनेता नागार्जुनले ३५ करोड पारिश्रमिक लिएका छन् ।

    फिल्ममा बलिउड अभिनेता आमिर खानको क्यामियो पनि रहनेछ । केही मिनेटको भूमिकाका लागि आमिरले २५ देखि ३० करोड भारु लिएको उल्लेख गरिएको छ । अभिनेत्री श्रुति हसन, अभिनेता सत्यराज र उपेन्द्र रावलाई भने बजार मूल्यअनुसारको पारिश्रमिक दिइएको छ ।

    रजनीकान्त सन् २०१० मा रिलिज भएको ‘रोबोट’ फिल्मपछि नै एसियाका महँगा अभिनेताहरूको सूचीमा परेका थिए । ‘कुली’ मार्फत उनले फेरि शीर्ष स्थान पुनः प्राप्त गरेका छन् । ‘कुली’ १४ अगस्ट २०२५ मा विश्वव्यापी रूपमा प्रदर्शनमा आउने तयारीमा छ ।

    Post Views: 173
    • Coolee
    • Kala Saili
    • Kala Saili News
    • Rajanikantha
    प्रकाशित मिति: २०८२ बैशाख २७, शनिबार २३:१४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एकै साता सगरमाथा र ल्होत्से चढिन् कविता
    यस्तो छ सनिशाको ‘नरसिंहाः अवतार’ मा काम गर्दाको अनुभव
    ‘नरसिंहाः अवतार’को बुकिङ खुला, नयाँ रोमान्टिक गीत सार्वजनिक
    Advertisement
    ताजा अपडेट
    • १. एकै साता सगरमाथा र ल्होत्से चढिन् कविता

    • २. यस्तो छ सनिशाको ‘नरसिंहाः अवतार’ मा काम गर्दाको अनुभव

    • ३. ‘नरसिंहाः अवतार’को बुकिङ खुला, नयाँ रोमान्टिक गीत सार्वजनिक

    • ४. यस्तो बन्यो ‘जन्ते बाख्रो’ को शिर्ष गीत ‘मुकु मुकु म्या’

    • ५. ‘बाउ भर्सेस छोरा’ घोषणा : पुस्तान्तरणको कथा पर्दामा

    चर्चित
    • १. बोर्डमा सदस्य बने विरेन्द्र

    • २. ‘झुठा प्रशंसा हुन्छ’ भन्ने दीपेन्द्रले कीन गरे प्रीमियर ?

    • ३. नोरा फतेहीको काठमाडौंमा भव्य प्रस्तुति (फोटो फिचर)

    • ४. नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

    • ५. ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत चर्चामा गौरव

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.