• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

किन ‘हाउसफुल ५’ को टिजर हटाइयो ?

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख २७, शनिबार २३:०४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । बलिउड अभिनेता अक्षय कुमारको कमेडी फिल्म ‘हाउसफुल ५’ को टिजर अप्रिल ३० मा सार्वजनिक गरिएको भए पनि अहिले युट्युबबाट हटाइएको छ । साजिद नाडियाडवालाको निर्माण र तरुण मनसुखानीको निर्देशनमा बनेको यसफिल्मको टिजर नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो । फिल्म आगामी जुन ६, २०२५ मा प्रदर्शनमा आउँदैछ । टिजर हटाइएकै स्थानमा अब यस्तो सन्देश देखिन्छ,‘यो भिडियो अब उपलब्ध छैन किनभने यो मोफ्युजन स्टुडियोद्वारा प्रतिलिपि अधिकार गरिएको छ ।’

    मोफ्युजन स्टुडियो भारतस्थित एक संगीत लेबल हो, जसले दिलजीत दोसांझ र जैस्मीन सान्डला लगायतका कलाकारहरूका गीतहरू उत्पादन गर्छ । तर टिजरको कुन भागमा प्रतिलिपि अधिकारको दाबी गरिएको हो भन्ने स्पष्ट भइसकेको छैन । हिन्दुस्तान टाइम्सका अनुसार मोफ्युजन स्टुडियो र नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्ट दुबैसँग सम्पर्क गरिए पनि अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरिएको छैन ।

    यद्यपि युट्युबबाट टिजर हटाइए पनि फिल्मका कलाकारहरू अक्षय कुमार, रितेश देशमुख, ज्याकलिन फर्नान्डिज र सोनम बाजवाले आफ्ना इन्स्टाग्राम अकाउन्टमार्फत टिजर सेयर गरेका छन्, जुन अहिले पनि त्यहाँ उपलब्ध छ । टिजरको पृष्ठभूमिमा हनी सिंह र सिमर कौरको ‘लाल परी’ गीत सुनिन्छ ।

    ‘हाउसफुल ५’ यो चर्चित फ्रान्चाइजीको पाँचौं संस्करण हो, जसमा अक्षय कुमार, रितेश देशमुख, अभिषेक बच्चन, सञ्जय दत्त, फरदीन खान, श्रेयस तलपदे, नाना पाटेकर, ज्याकी श्राफ, डिनो मोरिया, चंकी पाण्डे, जोनी लिभर, ज्याकलिन फर्नान्डिज, नरगिस फाखरी, चित्रांगदा सिंह, सोनम बाजवा र सौन्दर्या शर्मा जस्ता कलाकारहरूको देख्न पाइनेछ ।

    Post Views: 320
    • Akshya Kumar
    • Housefull 5
    • Kala Saili
    • Kala Saili News
    • Ritesh Deshmukh
    • Sanjay Dutta
    प्रकाशित मिति: २०८२ बैशाख २७, शनिबार २३:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.