• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

चलचित्र विकास बोर्डले ल्याउँदैछ ‘रियल टाइम बक्सअफिस डेटा’ प्रणाली

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख २६, शुक्रबार १३:०८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपाली फिल्म क्षेत्रका लागि प्रतीक्षित ‘रियल टाइम बक्सअफिस डेटा’ प्रणाली अबको दुई साताभित्र संचालनमा आउने भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले बिहीबार यस प्रणालीको सफल परीक्षण सम्पन्न भएको जानकारी दिएका छन् ।

    अबदेखि कुनै पनि हलले टिकट बिक्री गरेको पाँच मिनेटभित्रै त्यसको तथ्यांक बक्सअफिसको केन्द्रीय सर्भरमा अद्यावधिक हुनेछ । यो प्रणाली कार्यान्वयनमा आएसँगै वर्षौंदेखिको प्रयासले सार्थकता पाउने भएको छ ।

    अध्यक्ष डीसीका अनुसार बक्सअफिसको यो डेटामा सरकारी प्रतिनिधि, फिल्म निर्माता र वितरकले मात्र पहुँच पाउनेछन् । यस प्रणालीको सहायताले कुनै पनि फिल्म र हलको व्यापारिक रेकर्डलाई सहजै विश्लेषण गर्न सकिनेछ ।

    यसैगरी, बोर्डले आगामी जेठ १५ गतेभित्र आफ्नो सेवा प्रवाहलाई पूर्ण रुपमा अनलाइन माध्यममा रुपान्तरण गर्दैछ । यसपछि सेवाग्राहीले बोर्डको वेबसाइटमार्फत नै सबै सेवा लिन सक्नेछन् । विशेष कुरा त के छ भने, अब सेवाग्राहीलाई कार्यालयसम्म धाइरहनुपर्ने छैन । बोर्डले आवश्यक कागजपत्र सेवाग्राहीकै स्थानमा पुर्‍याउने तयारी गरिरहेको छ । यसैबीच, चलचित्र विकास बोर्डले अघि बढाइरहेको बनेपास्थित इन्डोर फिल्म छायांकन स्टुडियोको शिलान्यासको तयारी पनि अन्तिम चरणमा पुगेको छ ।

    Post Views: 210
    • Dinesh Dc
    • Film Development Board Nepal
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ बैशाख २६, शुक्रबार १३:०८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.