• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘नरसिंहा अवतार’ को कथाले मलाई ‘कन्भिन्स’ गर्यो : राजेश हमाल

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख २६, शुक्रबार ००:२७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । झन्डै आठ वर्षपछि फिल्ममा कमब्याक गरेका अभिनेता राजेश हमालले ‘नरसिंहा अवतार’ को कथावस्तुले आफूलाई निकै प्रभावित पारेको बताएका छन् । आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा उनी मुख्य भूमिकामा देखिनेछन् । केही वर्ष टेलिभिजन कार्यक्रम, विज्ञापन र विभिन्न मेला महोत्सवमा व्यस्त रहेका अभिनेता हमालले आफूलाई सुहाउँदो र अनुकूल भूमिका नपाउँदा फिल्ममा नफर्किएको बताए । तर, निर्देशक दिवाकर भट्टराईले ‘नरसिंहा अवतार’ को कथा सुनाएपछि आफूले ठूलो पर्दामा खोजिरहेको जस्तै भूमिका पाएको महसुस भएको उनको भनाइ छ ।

    ‘मैले दिवाकरजीको निर्देशकीय क्षमता, निर्माण समूह र सह-कलाकारहरूलाई विचार गरेर नै यो फिल्म गर्ने निर्णय लिएको हुँ । कुनै पनि फिल्मको बलियो आधार भनेको विषयवस्तु हो, जुन यसमा छ । मलाई निर्देशक भट्टराईले सुनाउनु भएको पटकथाले कन्भिन्स गरेको हो’, उनले भने ।

    अभिनेता हमालले फिल्मको विषयवस्तु र प्रस्तुतिको कारण दर्शकहरू निराश नहुने विश्वास व्यक्त गरेका छन् । फिल्ममा राजेश हमालसँगै नीति शाह, राज कटुवाल, सरोज खनाल, निर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, दीपा शाही, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, मिसेल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन, एभिलिना खड्का र समाइरा थापा लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ ।

    यस फिल्ममा समिर मियाको भीएफएक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन तथा वसन्त अधिकारीको सह-निर्देशन रहेको छ । नेम महर्जनको लगानीमा निर्माण भएको यो फिल्मलाई दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेले निर्माण गरेका हुन् । जेठ ९ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको ‘नरसिंहाः अवतार’ ले बक्स अफिसमा राम्रो सुरुवात गर्ने अपेक्षा गरिएको छ ।

    Post Views: 344
    • Kala Saili
    • Kala Saili News
    • Narsinha Avtar
    • Rajesh Hamal
    प्रकाशित मिति: २०८२ बैशाख २६, शुक्रबार ००:२७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.