• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘नरसिंहाः अवतार’ ट्रेलर सार्वजनिक भए लगत्तै युट्युब ट्रेन्डिङमा

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख २६, शुक्रबार ००:१७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । अभिनेता राजेश हमालको फिल्म ‘नरसिंहाः अवतार’ को ट्रेलर आज काठमाडौंको सुन्धारास्थित सिभिल मलको एक सिनेमा हलमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ । एक्सन, थ्रिलर, प्रेम र सस्पेन्सको मिश्रण रहेको ट्रेलर सार्वजनिक भएलगत्तै युट्युबमा छाएको छ । ट्रेलरमा प्रस्तुत गरिएको राजेश हमाल र राज कटुवालको एक्सन दृश्यलाई दर्शकहरूले निकै मन पराएका छन् । पारिवारिक कथालाई समेत समेटिएको यो फिल्मले दर्शकहरूको मन जित्ने विश्वास गरिएको छ ।

    दिवाकर भट्टराईद्वारा लिखित तथा निर्देशित यो फिल्म चन्द्र पन्तको कथामा आधारित छ । फिल्ममा राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज, माइकल चन्द र रामजी लामिछानेको कोरियोग्राफी तथा राजु थापाको छायाङ्कन रहेको छ । सार्वजनिक भएको छोटो समयमै ट्रेलर युट्युब ट्रेन्डिङमा पुग्न सफल भएको छ, जसले दर्शकहरू यस फिल्मको लागि कति उत्सुक छन् भन्ने स्पष्ट देखाउँछ।

    फिल्ममा राजेश हमालसँगै नीति शाह, राज कटुवाल, सरोज खनाल, निर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, दीपा शाही, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, मिसेल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन, एभिलिना खड्का र समाइरा थापा लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ ।

    करण सिंह प्रोडक्सन म्यानेजर रहेको यस फिल्ममा समिर मियाको भीएफएक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन तथा वसन्त अधिकारीको सह-निर्देशन रहेको छ । नेम महर्जनको लगानीमा निर्माण भएको यो फिल्मलाई दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेले निर्माण गरेका हुन् । जेठ ९ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको ‘नरसिंहाः अवतार’ ले बक्स अफिसमा राम्रो सुरुवात गर्ने अनुमान गरिएको छ ।

    Post Views: 572
    • Kala Saili
    • Kala Saili News
    • Narsinha Avtar
    • Rajesh Hamal
    प्रकाशित मिति: २०८२ बैशाख २६, शुक्रबार ००:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.