• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai Rajesh Hamal Bipin Karki saugat malla Miruna Magar Dinesh Dc Kala Saili Gallery Kala Saili Music

‘नरसिंहाः अवतार’ ट्रेलर सार्वजनिक भए लगत्तै युट्युब ट्रेन्डिङमा

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख २६, शुक्रबार ००:१७ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । अभिनेता राजेश हमालको फिल्म ‘नरसिंहाः अवतार’ को ट्रेलर आज काठमाडौंको सुन्धारास्थित सिभिल मलको एक सिनेमा हलमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ । एक्सन, थ्रिलर, प्रेम र सस्पेन्सको मिश्रण रहेको ट्रेलर सार्वजनिक भएलगत्तै युट्युबमा छाएको छ । ट्रेलरमा प्रस्तुत गरिएको राजेश हमाल र राज कटुवालको एक्सन दृश्यलाई दर्शकहरूले निकै मन पराएका छन् । पारिवारिक कथालाई समेत समेटिएको यो फिल्मले दर्शकहरूको मन जित्ने विश्वास गरिएको छ ।

    दिवाकर भट्टराईद्वारा लिखित तथा निर्देशित यो फिल्म चन्द्र पन्तको कथामा आधारित छ । फिल्ममा राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज, माइकल चन्द र रामजी लामिछानेको कोरियोग्राफी तथा राजु थापाको छायाङ्कन रहेको छ । सार्वजनिक भएको छोटो समयमै ट्रेलर युट्युब ट्रेन्डिङमा पुग्न सफल भएको छ, जसले दर्शकहरू यस फिल्मको लागि कति उत्सुक छन् भन्ने स्पष्ट देखाउँछ।

    फिल्ममा राजेश हमालसँगै नीति शाह, राज कटुवाल, सरोज खनाल, निर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, दीपा शाही, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, मिसेल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन, एभिलिना खड्का र समाइरा थापा लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ ।

    करण सिंह प्रोडक्सन म्यानेजर रहेको यस फिल्ममा समिर मियाको भीएफएक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन तथा वसन्त अधिकारीको सह-निर्देशन रहेको छ । नेम महर्जनको लगानीमा निर्माण भएको यो फिल्मलाई दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेले निर्माण गरेका हुन् । जेठ ९ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको ‘नरसिंहाः अवतार’ ले बक्स अफिसमा राम्रो सुरुवात गर्ने अनुमान गरिएको छ ।

    Post Views: 329
    • Kala Saili
    • Kala Saili News
    • Narsinha Avtar
    • Rajesh Hamal
    प्रकाशित मिति: २०८२ बैशाख २६, शुक्रबार ००:१७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एकै साता सगरमाथा र ल्होत्से चढिन् कविता
    यस्तो छ सनिशाको ‘नरसिंहाः अवतार’ मा काम गर्दाको अनुभव
    ‘नरसिंहाः अवतार’को बुकिङ खुला, नयाँ रोमान्टिक गीत सार्वजनिक
    Advertisement
    ताजा अपडेट
    • १. एकै साता सगरमाथा र ल्होत्से चढिन् कविता

    • २. यस्तो छ सनिशाको ‘नरसिंहाः अवतार’ मा काम गर्दाको अनुभव

    • ३. ‘नरसिंहाः अवतार’को बुकिङ खुला, नयाँ रोमान्टिक गीत सार्वजनिक

    • ४. यस्तो बन्यो ‘जन्ते बाख्रो’ को शिर्ष गीत ‘मुकु मुकु म्या’

    • ५. ‘बाउ भर्सेस छोरा’ घोषणा : पुस्तान्तरणको कथा पर्दामा

    चर्चित
    • १. बोर्डमा सदस्य बने विरेन्द्र

    • २. ‘झुठा प्रशंसा हुन्छ’ भन्ने दीपेन्द्रले कीन गरे प्रीमियर ?

    • ३. नोरा फतेहीको काठमाडौंमा भव्य प्रस्तुति (फोटो फिचर)

    • ४. नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

    • ५. ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत चर्चामा गौरव

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.