• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘सन्तुष्टी मिल्ने काम गर्न पाएँ’

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख २५, बिहीबार १३:३६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । गायिका, संगीतकार र अनुसन्धाता झुमा लिम्बू पछिल्लो समय फिल्मका गीतसंगीतका कारण चर्चामा छिन् । दुई दशकभन्दा लामो समयदेखि नेपाली संगीत सिर्जनामा सक्रिय झुमा रैथाने संगीत र जातीय संगीत-संस्कृतिको संवर्द्धनमा विशेष रुचि देखाउने गर्छिन् ।

    केही वर्षयता रैथाने संगीतमा आफूलाई समर्पित गरेकी झुमाले हालै प्रदर्शनको तयारीमा रहेका दुई फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ मा काम गरेकी छिन् । ‘जार’ मा उनले सम्पूर्ण संगीतको जिम्मेवारी सम्हालेकी छन् भने ‘ऊनको स्वीटर’ मा उनले गाएको गीत ‘काफ्ले’ अहिले श्रोता/दर्शकको मन जितिरहेको छ । दुवै फिल्म हेरेकाले फिल्मको संगीतको महत्वलाई बुझेर प्रशंसा गरिरहेका छन् ।

    पछिल्लो समय फिल्मका गीतसंगीतमा मौलिकपन देखिन थालेकोमा गायिका लिम्बू खुशी व्यक्त गर्छिन् । गीतसंगीत मनोरञ्जनमा मात्र सीमित नभई कथालाई व्यक्त गर्ने सशक्त माध्यमको रूपमा प्रस्तुत हुनुलाई उनले सकारात्मक रूपमा लिएकी छन्। उनले आफ्नो २५ वर्षे सांगीतिक करियरमा बल्ल आफूले भनेजस्तो सन्तुष्टि मिल्ने काम गर्न पाएको बताएकी छन्।

    ‘म्युजिक गर्दै जाँदा, काम गर्दै जाँदा ठिक मैले भनेको जस्तो काम गर्न पाएको प्लेटफर्म हो, फिल्म हो जार। मैले गरिरहेको खालको म्युजिक गर्नुपर्यो भन्दै मान्छे आएपछि मैले नाइँ भन्ने कुरै आएन। त्यसैले जारमा काम गरेँ’, उनले भनिन् ।

    ‘जार’ का पात्रहरू लिम्बू गाउँमा पुगेपछि आफूले लिम्बू समुदायको संगीतमा काम गर्न पाएकोमा उनले विशेष खुसी व्यक्त गरिन् । उनले पूर्वी पहाडी जिल्ला र लिम्बू समुदायको संस्कृति, संस्कार, लय र ताललाई आफ्नो संगीतमा उतारेकी छन्, जसलाई दर्शकले निकै रुचाएका छन् । ‘जार’ मा गीतसँगै पात्रको यात्रामा समावेश गरिएका गीतहरूलाई झुमा आफैँले तयार पारेकी हुन् र गाएकी छन्। यसले फिल्मलाई थप जीवन्त बनाएको छ ।

    Post Views: 257
    • JAAR
    • Jhuma Limbu
    • Kala Saili
    • Kala Saili Music
    • Kala Saili News
    • The Woolen Sweater
    प्रकाशित मिति: २०८२ बैशाख २५, बिहीबार १३:३६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.