• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

मण्डला थिएटरको नयाँ सिजन : ११ नयाँ निर्देशक, १३ नाटक मञ्चन हुने

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख २५, बिहीबार ००:३१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । मण्डला थिएटरले २०८२/२०८३ सालमा मञ्चन हुने ११ वटा नयाँ नाटकका निर्देशकहरूको नाम सार्वजनिक गरेको छ । नयाँ सिजनको औपचारिक घोषणा गर्दै थिएटरले आगामी सिजनमा जम्मा १३ वटा नाटक मञ्चन गर्ने जानकारी दिएको छ ।

    मण्डलाले घोषणा गरेका निर्देशकहरूमा थिएटरका आन्तरिक निर्देशक बुद्धि तामाङ, सुरज यादव, उमेश तामाङ, सोमनाथ खनाल र विकास जोशी रहेका छन् । यसैगरी, आमन्त्रित निर्देशकहरूमा सरस्वती चौधरी, गुञ्जन दीक्षित, संगीता थापामगर, सुदीप खतिवडा, सन्दीप श्रेष्ठ र सागर खाती कामी रहेका छन्।

    थिएटरले नयाँ सिजनमा यी प्रतिभावान निर्देशकहरूसँग सहकार्य गर्न लागेको जनाएको छ । अघिल्लो सिजनमा घोषणा गरिएका १४ निर्देशकहरूमध्ये मञ्चन हुन नसकेका अनुप बराल र किरण चाम्लिङ राईका नाटकहरू पनि यसै सिजनमा प्रस्तुत गरिने भएको छ ।

    मण्डला थिएटरले नयाँ सिजनमा कलात्मक विविधता, प्रयोगशीलता र सामाजिक सन्देशलाई प्राथमिकता दिने बताएको छ । दर्शकहरूले मनोसामाजिक, पारिवारिक, प्रयोगात्मक, मल्टिमिडिया, बालमैत्री र समुदाय केन्द्रित विषयवस्तुमा आधारित नाटकहरू हेर्न पाउनेछन् ।

    यस सिजनदेखि मण्डलाले नयाँ टिकट दर पनि लागू गरेको छ । जसअनुसार नाटक मञ्चनको पहिलो साता विद्यार्थीहरूका लागि ३०० रुपैयाँ र सामान्य दर्शकहरूका लागि ५०० रुपैयाँ टिकट शुल्क तोकिएको छ । त्यस्तै, अन्तिम दुई हप्तामा विद्यार्थीहरूले ५०० रुपैयाँ र सामान्य दर्शकहरूले १००० रुपैयाँ तिरेर नाटक हेर्न सक्नेछन् ।

    नयाँ टिकट शुल्क निर्धारण गर्नुको कारणबारे मण्डलाले अन्तर्राष्ट्रिय प्रचलन, थिएटरको दीर्घकालीन दिगोपन र दर्शकहरूलाई नाटक सुरुमै हेर्न बानि बसाल्नु रहेको मण्डलाका अध्यक्ष अभिनेता दयाहाङ राईले बताए ।

    ‘हामीले झन्डै ६ वर्षदेखि शुल्क बढाएका छैनौं । यो भइरहेको मूल्यवृद्धिका कारण पनि भएको हो । यसले हामीलाई उक्त शुल्क बराबरको नाटक मन्चन गर्नुपर्ने दायित्व पनि थपेको छ’, अभिनेता राईले भने ।

    Post Views: 344
    • Dayahang Rai
    • Kala Saili
    • Kala Saili News
    • Mandala Theater
    • Saroj Khanal
    प्रकाशित मिति: २०८२ बैशाख २५, बिहीबार ००:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.