• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

प्रिमियरमा रुचाईयो ‘ऊनको स्वीटर’ (फोटो फिचर)

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख २५, बिहीबार ००:१८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । डेब्यु निर्देशक नवीन चौहानद्वारा निर्देशित नेपाली फिल्म ‘ऊनको स्वीटर’ को विशेष प्रिमियर काठमाडौंमा सम्पन्न भएको छ । प्रिमियरमा उपस्थित निम्तालु सेलिब्रेटीले फिल्मको विषयवस्तु, कर्णप्रिय संगीत र कलाकारहरूको जीवन्त अभिनयको खुलेर प्रशंसा गरेका छन् ।

    फिल्म हेरेपछि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले ‘ऊनको स्वीटर’ ले युवा पुस्तालाई साँचो प्रेमको महत्व सिकाउने बताइन् । उनले भनिन्, ‘यस फिल्मले दुई आत्माबीचको पवित्र प्रेमलाई दर्शाएको छ । पछिल्लो समय युवतीहरूसँग जोडिएका अप्रिय घटनाहरू आवेग र अमर्यादित हुने गरेका छन्, तर यो फिल्मले केटीहरूको मन कसरी जित्न सकिन्छ भन्ने सुन्दर तरिकाले प्रस्तुत गरेको छ।’

    विविधताले भरिएको समाज र मानवीय सामीप्यता फिल्मको मुख्य आकर्षण रहेको उनको भनाइ थियो । त्यसैगरी, प्रतिनिधिसभाकी सांसद सोविता गौतमले फिल्मले उनलाई आफ्नो बाल्यकालको समयमा फर्काएको बताइन् । फिल्म छायांकन गरिएको रमणीय स्थान, बुनिएको मार्मिक कथा र कलाकारहरूको उत्कृष्ट अभिनयले दर्शकलाई तृप्त बनाउने उनको धारणा थियो । ‘यसले अन्य फिल्मभन्दा फरक ढंगले अल्पसंख्यक समुदायलाई बहुमतले कसरी प्रभाव पार्छ भन्ने देखाएको छ, जुन निकै भिन्न छ । त्यो तल्लो जाति वा माथिल्लो जाति हुनुले फरक पार्दैन’, उनले थपिन्।

    अभिनेता दयाहाङ राईले ‘ऊनको स्वीटर’ ले दर्शकको आँखालाई शीतलता प्रदान गर्ने प्रतिक्रिया दिए । फिल्मको गीत जस्तै न्यानो र शान्त रहेको उनको अनुभव थियो । अभिनेता विपिन कार्कीले प्रिमियरमा सहभागीहरूबाट पाएको सकारात्मक प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको बताए । उनले नियमित प्रदर्शनमा पनि यस्तै प्रतिक्रिया पाउने आशा व्यक्त गरे ।

    अभिनेत्री मिरुना मगरले ‘ऊनको स्वीटर’ मा काम गर्दा आफूले एउटा भिन्न संसारमा नयाँ जीवन जिउने अवसर पाएको बताइन् । ‘आजको प्रतिक्रियाले मेरो मेहनतको फल पाएको महसुस भएको छ । मैले आफूभन्दा बिल्कुलै फरक किसिमको जीवनलाई जिएँ, यसका लागि निर्देशक नवीनजीलाई धेरै धन्यवाद’, उनले भनिन् । निर्माणको क्रममा उनले निकै रमाइलो अनुभव गरेको पनि बताइन् ।

    आर्टमाण्डू प्रा.लि.को प्रस्तुति रहेको ‘ऊनको स्वीटर’ मा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस र विल्सन विक्रम राई मुख्य भूमिकामा छन्। साथै, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल र भावना खपाङ्गी मगर लगायतका अनुभवी कलाकारहरूको पनि सशक्त अभिनय देख्न सकिन्छ ।

    फिल्ममा समावेश सुजन चापागाईँ र झुमा लिम्बुद्वारा निर्देशित ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ जस्ता गीतहरूले यसअघि नै दर्शकमाझ लोकप्रियता हासिल गरिसकेका छन् । निर्देशक नवीन चौहानको यो पहिलो फिचर फिल्म हो । ‘ऊनको स्वीटर’ को कथा पूर्वी नेपालको पाँचथरदेखि भारतको वेस्ट बङ्गालको सीमासम्म फैलिएको छ।

    तस्बिरहरू : कुवेर डंगोल

    Post Views: 268
    • Bipin Karki
    • Kala Saili
    • Kala Saili News
    • Miruna Magar
    • The Woolen Sweater
    • Uunko Sweater
    प्रकाशित मिति: २०८२ बैशाख २५, बिहीबार ००:१८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.