• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai Rajesh Hamal Bipin Karki saugat malla Miruna Magar Dinesh Dc Kala Saili Gallery Kala Saili Music

प्रिमियरमा रुचाईयो ‘ऊनको स्वीटर’ (फोटो फिचर)

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख २५, बिहीबार ००:१८ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । डेब्यु निर्देशक नवीन चौहानद्वारा निर्देशित नेपाली फिल्म ‘ऊनको स्वीटर’ को विशेष प्रिमियर काठमाडौंमा सम्पन्न भएको छ । प्रिमियरमा उपस्थित निम्तालु सेलिब्रेटीले फिल्मको विषयवस्तु, कर्णप्रिय संगीत र कलाकारहरूको जीवन्त अभिनयको खुलेर प्रशंसा गरेका छन् ।

    फिल्म हेरेपछि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले ‘ऊनको स्वीटर’ ले युवा पुस्तालाई साँचो प्रेमको महत्व सिकाउने बताइन् । उनले भनिन्, ‘यस फिल्मले दुई आत्माबीचको पवित्र प्रेमलाई दर्शाएको छ । पछिल्लो समय युवतीहरूसँग जोडिएका अप्रिय घटनाहरू आवेग र अमर्यादित हुने गरेका छन्, तर यो फिल्मले केटीहरूको मन कसरी जित्न सकिन्छ भन्ने सुन्दर तरिकाले प्रस्तुत गरेको छ।’

    विविधताले भरिएको समाज र मानवीय सामीप्यता फिल्मको मुख्य आकर्षण रहेको उनको भनाइ थियो । त्यसैगरी, प्रतिनिधिसभाकी सांसद सोविता गौतमले फिल्मले उनलाई आफ्नो बाल्यकालको समयमा फर्काएको बताइन् । फिल्म छायांकन गरिएको रमणीय स्थान, बुनिएको मार्मिक कथा र कलाकारहरूको उत्कृष्ट अभिनयले दर्शकलाई तृप्त बनाउने उनको धारणा थियो । ‘यसले अन्य फिल्मभन्दा फरक ढंगले अल्पसंख्यक समुदायलाई बहुमतले कसरी प्रभाव पार्छ भन्ने देखाएको छ, जुन निकै भिन्न छ । त्यो तल्लो जाति वा माथिल्लो जाति हुनुले फरक पार्दैन’, उनले थपिन्।

    अभिनेता दयाहाङ राईले ‘ऊनको स्वीटर’ ले दर्शकको आँखालाई शीतलता प्रदान गर्ने प्रतिक्रिया दिए । फिल्मको गीत जस्तै न्यानो र शान्त रहेको उनको अनुभव थियो । अभिनेता विपिन कार्कीले प्रिमियरमा सहभागीहरूबाट पाएको सकारात्मक प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको बताए । उनले नियमित प्रदर्शनमा पनि यस्तै प्रतिक्रिया पाउने आशा व्यक्त गरे ।

    अभिनेत्री मिरुना मगरले ‘ऊनको स्वीटर’ मा काम गर्दा आफूले एउटा भिन्न संसारमा नयाँ जीवन जिउने अवसर पाएको बताइन् । ‘आजको प्रतिक्रियाले मेरो मेहनतको फल पाएको महसुस भएको छ । मैले आफूभन्दा बिल्कुलै फरक किसिमको जीवनलाई जिएँ, यसका लागि निर्देशक नवीनजीलाई धेरै धन्यवाद’, उनले भनिन् । निर्माणको क्रममा उनले निकै रमाइलो अनुभव गरेको पनि बताइन् ।

    आर्टमाण्डू प्रा.लि.को प्रस्तुति रहेको ‘ऊनको स्वीटर’ मा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस र विल्सन विक्रम राई मुख्य भूमिकामा छन्। साथै, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल र भावना खपाङ्गी मगर लगायतका अनुभवी कलाकारहरूको पनि सशक्त अभिनय देख्न सकिन्छ ।

    फिल्ममा समावेश सुजन चापागाईँ र झुमा लिम्बुद्वारा निर्देशित ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ जस्ता गीतहरूले यसअघि नै दर्शकमाझ लोकप्रियता हासिल गरिसकेका छन् । निर्देशक नवीन चौहानको यो पहिलो फिचर फिल्म हो । ‘ऊनको स्वीटर’ को कथा पूर्वी नेपालको पाँचथरदेखि भारतको वेस्ट बङ्गालको सीमासम्म फैलिएको छ।

    तस्बिरहरू : कुवेर डंगोल

    Post Views: 64
    • Bipin Karki
    • Kala Saili
    • Kala Saili News
    • Miruna Magar
    • The Woolen Sweater
    • Uunko Sweater
    प्रकाशित मिति: २०८२ बैशाख २५, बिहीबार ००:१८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एकै साता सगरमाथा र ल्होत्से चढिन् कविता
    यस्तो छ सनिशाको ‘नरसिंहाः अवतार’ मा काम गर्दाको अनुभव
    ‘नरसिंहाः अवतार’को बुकिङ खुला, नयाँ रोमान्टिक गीत सार्वजनिक
    Advertisement
    ताजा अपडेट
    • १. एकै साता सगरमाथा र ल्होत्से चढिन् कविता

    • २. यस्तो छ सनिशाको ‘नरसिंहाः अवतार’ मा काम गर्दाको अनुभव

    • ३. ‘नरसिंहाः अवतार’को बुकिङ खुला, नयाँ रोमान्टिक गीत सार्वजनिक

    • ४. यस्तो बन्यो ‘जन्ते बाख्रो’ को शिर्ष गीत ‘मुकु मुकु म्या’

    • ५. ‘बाउ भर्सेस छोरा’ घोषणा : पुस्तान्तरणको कथा पर्दामा

    चर्चित
    • १. बोर्डमा सदस्य बने विरेन्द्र

    • २. ‘झुठा प्रशंसा हुन्छ’ भन्ने दीपेन्द्रले कीन गरे प्रीमियर ?

    • ३. नोरा फतेहीको काठमाडौंमा भव्य प्रस्तुति (फोटो फिचर)

    • ४. नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

    • ५. ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत चर्चामा गौरव

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.