• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘माइतीघर’मा माग्ने बुढा मुखियाको भूमिकामा ?

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख २३, मंगलवार १५:२९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । हाल छायांकन भइरहेको फिल्म ‘माइतीघर’को सेटबाट लोकप्रिय कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को नयाँ लुक्स सार्वजनिक भएको छ । सार्वजनिक तस्बिरमा घिमिरे खाटमा बसेर मोबाइल चलाइरहेको देखिन्छन् । उनको पहिरन र हाउभाउ हेर्दा उनी गाउँको मुखियाको भूमिकामा देखिन सक्ने अनुमान गरिएको छ । यद्यपि, फिल्म निर्माण टिमले यस बारेमा आधिकारिक जानकारी दिएको छैन ।

    निर्देशक मिलन तामाङद्वारा निर्देशित यो फिल्म तामाङ संस्कृतिमा आधारित रहेको बताइएको छ । फिल्मको छायांकन हाल म्याग्दीको रमणीय ताकम गाउँमा तीव्र गतिमा भइरहेको छ । निर्माण युनिटका अनुसार ताकम गाउँमा २० दिनसम्म छायांकन हुनेछ भने त्यसपछि २० दिन दरबाङको तातोपानी क्षेत्रमा फिल्मको दृश्य कैद गरिनेछ ।

    फिल्ममा युवराज लामा, केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ र शिशिर वाङ्देल जस्ता चर्चित कलाकारहरुको दमदार अभिनय रहनेछ । सुशन प्रजापतिको छायांकन रहेको यो फिल्म रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको छ । फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी रहेको छ । ‘माइतीघर’को प्रदर्शन मिति यसै वर्षको दसैँको फूलपातिलाई तोकिएको छ ।

    Post Views: 322
    • Kala Saili
    • Kala Saili News
    • Kedar Ghimire
    • Magne Budha
    • Maitighar
    प्रकाशित मिति: २०८२ बैशाख २३, मंगलवार १५:२९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.