कलाशैली संवाददाता । हाल सम्पादनको क्रममा रहेको फिल्म ‘कुस्ती’ बाट अभिनेता बुद्धि तामाङ अलग भएका छन् । रचनात्मक मतभेद भएपछि बुद्धि उक्त फिल्ममा सहकार्य नगरेका हुन् । फिल्मको सार्वजनिक पहिलो पोस्टरमा निर्माताको रूपमा अनिल योञ्जन र बुद्धि तामाङको नाम उल्लेख थियो । तर, फिल्ममा उनले अभिनय पनि गरेनन् ।
निर्देशक योञ्जनले बुद्धिको स्थानमा अर्का कलाकारलाई अनुबन्ध गराएर अभिनय गराइसकेका छन् । फिल्मका निर्देशक अनिल योञ्जनले यस कुराको पुष्टि गरेका छन् ।
यो फिल्मबाट बुद्धिले निर्माणमा डेब्यू गर्ने तयारी गरेका थिए । तर, अहिलेलाई उनको निर्माता बन्ने योजना सफल हुन सकेन । फिल्ममा धीरज मगर, मिरुना मगर, दीकिला शेर्पा, राजाराम पौडेल, रविन्द्र झा लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ । फिल्मको प्रदर्शन मिति भने अझै तय गरिएको छैन । तर, आउँदो तीजमा फिल्म प्रदर्शन हुन् सक्ने निटक स्रोतले जानकारी दिएको छ ।