• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘जार’ मा अभिनय गर्ने सपना साकार भयो : अभिनेता सौगात मल्ल

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख २२, सोमबार २०:३४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । अभिनेता सौगात मल्लले फिल्म ‘जार’ करिब २० वर्ष अघिदेखि नै खेल्न मन लागेको बताएका छन् । साहित्यकार इन्द्रबहादुर राईको कथा ‘जार’ पढेदेखि नै यसमा काम गर्ने तीव्र इच्छा जागेको उनले बताए । ‘जार’ मा अभिनय गर्दा आफ्नो दुई दशक पुरानो सपना पूरा भएको महसुस भएको उनको भनाइ छ ।

    ‘मैले २७ वर्षअघि गुरुकुलमा नाटक ‘जार’ हेरेको थिएँ, तर त्यसमा अभिनय गर्ने मौका पाएको थिइनँ’, अभिनेता मल्लले भने,‘पुस्तक भने मैले धेरै पटक पढेको थिएँ। कतिपय कथा, उपन्यासले मान्छेलाई केही दिनसम्म निदाउन दिँदैनन्, ‘जार’ पढ्दा मलाई त्यस्तै भएको थियो।’

    मुख्य भूमिका मात्र नभई जस्तोसुकै भूमिकामा पनि फिल्म ‘जार’ मा अभिनय गर्न आफू तयार रहेको उनले बताए । फिल्ममा आफूले निर्वाह गरेको चरित्रबारे पुस्तकमा पढ्दा आफ्नो शरीरमा काँडा उम्रिएको अनुभव उनले सुनाए ।

    ‘मैले कागबेनीको चरित्रपछि ‘जार’ लाई मनमा सजाएर राखेको थिएँ । गुरुकुलमा इन्द्रबहादुर राई आउनुहुँदा उहाँले ‘जार’ मा नाटक गर्ने हो कि भनेर सोध्नुभएको थियो । तर, मैले अरू फिल्ममा काम गर्ने सम्झौता गरिसकेकोले त्यो बेला मिलेन’, अभिनेता मल्लले भने,‘मैले उहाँलाई कुनै दिन ‘जार’ कै कथामा फिल्म बन्यो भने त्यो पात्र म नै निभाउँछु भनेको थिएँ ।’

    कथा पढेपछि तीन महिनासम्म ‘जार’ कै पात्रमा हराएको अनुभव उनले सुनाए । कालान्तरमा त्यही कथामा काम गर्ने अवसर पाउनु सुखद संयोग र भाग्यमानी भएको बताउँदै उनले आफूले देखेको सपनाको फिल्ममा काम गर्न पाउँदा खुसी व्यक्त गरे । २७ वर्षअघि ‘जार’ पढ्दा जागेको उत्साह अहिले फिल्ममा काम गरेर पूरा भएकोमा अभिनेता मल्ल निकै हर्षित छन् ।

    ‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित फिल्म हो । फिल्ममा सौगातसँगै अनुपविक्रम शाही र गीताञ्जली थापाको पनि अभिनय रहेको छ । आउँदो वैशाख २६ गतेबाट प्रदर्शनमा आउने यो फिल्म फुर्वा छिरिङ लामाले निर्देशन गरेका हुन् ।

    फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा बनेको हो । ‘जार’ को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा रहेका छन् ।

    Post Views: 323
    • Kala Saili
    • Kala Saili News
    • saugat malla
    प्रकाशित मिति: २०८२ बैशाख २२, सोमबार २०:३४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.