• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai saugat malla Bipin Karki Kala Saili Music Dinesh Dc Miruna Magar Rajesh Hamal Film Development Board Nepal

मैले स्मरण गर्ने पाँच फिल्ममा ‘ऊनको स्वीटर’ पर्छ : विपिन

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख २२, सोमबार ००:०४ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । अभिनेता विपिन कार्कीले आफ्नो नयाँ फिल्म ‘ऊनको स्वीटर’ खास रहेको बताएका छन् । उनले फिल्मको आयोजित पत्रकार सम्मेलनमा आफूले अभिनय यात्रालाई स्मरण गर्दा उत्कृष्ट पाँच फिल्ममा ‘ऊनको स्वीटर’ ले स्थान बनाउने विश्वास व्यक्त गरे ।

    उनले भने, ‘यसको व्यावसायिक सफलता कस्तो होला, अहिले नै भन्न सक्दिनँ । तर, हामीले उठाएको विषयवस्तु र यसको निर्माण शैलीले यो वर्षौंसम्म जीवन्त रहने फिल्म बनेको छ । यो नयाँ पुस्ताका लागि ग्रामीण जीवनको एउटा महत्वपूर्ण दस्तावेज पनि हुनेछ ।’

    यसअघि ‘जात्रा’, ‘हरि’, ‘नाका’ र ‘सेल्फी किङ’ जस्ता चलचित्रहरूमा निर्वाह गरेका पात्रहरू पनि आफ्ना लागि विशेष रहेको उनले स्मरण गरे । ती फिल्मको व्यावसायिक पाटोभन्दा पनि त्यसको कलात्मक पक्षले आफूलाई आकर्षित गरेको उनको भनाइ थियो ।

    फिल्मको कथावस्तुबारे जानकारी दिँदै अभिनेता कार्कीले ‘गुरुङसेनी’ युवती र ‘काफ्ले ब्राह्मण’ युवकबीचको प्रेम सम्बन्धमा आउने जातीय द्वन्द्वलाई प्रस्तुत गरिएको बताए । यसमा अभिनेता कार्कीको जोडीको रूपमा अभिनेत्री मिरुना मगर देखिएकी छन् । उनले फिल्ममा ‘फूल’ नामक एक स्पष्टवक्ता र परिणामको नसोच्ने युवतीको भूमिका निर्वाह गरेको जानकारी दिइन् ।

    निर्देशक नवीन चौहानले फिल्मको नाम जस्तै यसको कथा पनि कोमल रहेको बताए । उनले साङ्गीतिक श्रव्यदृश्यहरूमार्फत विभिन्न कथाहरू प्रस्तुत गर्दै आएको अनुभवले नै फिल्म निर्देशन गर्न आफूलाई प्रेरित गरेको बताए ।

    ‘ऊनको स्वीटर’ मा पूर्वी नेपालको सुन्दर प्राकृतिक दृश्य र स्थानीय संस्कृतिलाई देख्न पाइने जानकारी दिइएको छ । पाँचथर जिल्लामा छायाङ्कन गरिएको यस फिल्ममा परीक्षा लिम्बू, विल्सनविक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । निर्माण पक्षका अनुसार यो फिल्म यही वैशाख २६ गते नेपालसँगै विदेशमा पनि प्रदर्शन हुने तयारीमा छ ।

    Post Views: 136
    • Bipin Karki
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    प्रकाशित मिति: २०८२ बैशाख २२, सोमबार ००:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कुसुमले गरिन् टिकाटालो
    ‘जनै हराएको बाहुन’को छायांकन सम्पन्न
    ‘जारी २’को पाँचथरबाट छायांकन सुरु
    ताजा अपडेट
    • १. कुसुमले गरिन् टिकाटालो

    • २. पुनमलाई ‘तिमी मेरो प्राण हौ…’ भन्दै सनम

    • ३. ‘जनै हराएको बाहुन’को छायांकन सम्पन्न

    • ४. ‘जारी २’को पाँचथरबाट छायांकन सुरु

    • ५. ‘तोक्मा एप’का ब्रान्ड एम्बासडर बने विल्सन

    चर्चित
    • १. ‘नरसिंहाः अवतार’ ट्रेलर सार्वजनिक भए लगत्तै युट्युब ट्रेन्डिङमा

    • २. बोर्डको सेवा अब अनलाइनमै, ३० सेवा घरमै बसेर पाउन सकिने

    • ३. ‘नरसिंहाः अवतार’ को ट्रेलरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया

    • ४. रजनीकान्त बने एसियाका सबैभन्दा महँगा अभिनेता

    • ५. किन ‘हाउसफुल ५’ को टिजर हटाइयो ?

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.