• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai saugat malla Bipin Karki Kala Saili Music Dinesh Dc Miruna Magar Rajesh Hamal Film Development Board Nepal

यशको ‘टक्सिक’ हिन्दीमा रिलिज बारे के भन्छन् निर्माता ?

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १८, बिहीबार १२:४९ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । ‘केजीएफ च्याप्टर १’ र ‘केजीएफ च्याप्टर २’ को बम्पर सफलतापछि अभिनेता यशका फ्यानहरू उनको आगामी फिल्मलाई लिएर निकै उत्साहित छन् । उनको नयाँ फिल्म ‘टक्सिक’ को घोषणा भएदेखि नै दर्शकहरूमा ठूलो उत्साह देखिएको थियो ।

    तर, हालै सामाजिक सञ्जालमा आएको एक खबरले हिन्दी भाषी दर्शकहरूलाई निराश बनाउन सक्छ । खबर अनुसार, ‘टक्सिक’ कन्नड र अंग्रेजी भाषामा मात्र रिलिज हुने बताइएको थियो । यो समाचार सार्वजनिक हुनेबित्तिकै यशका हिन्दी फ्यानहरूले सामाजिक सञ्जालमा फिल्म हिन्दीमा रिलिज नहुने भन्दै असन्तुष्टि व्यक्त गर्न थालेका थिए ।

    स्मरण रहोस्, ‘केजीएफ च्याप्टर १’ र ‘केजीएफ च्याप्टर २’ ले हिन्दी दर्शकहरूको मनमा एक विशेष स्थान बनाएको थियो र यशले पनि यहाँबाट धेरै माया पाएका थिए । यसै कारणले गर्दा पनि ‘टक्सिक’ हिन्दीमा रिलिज नहुने खबरले फ्यानहरूमा निराशा छाएको थियो ।

    यद्यपि, यो खबर निराधार सावित भएको छ । निर्माण पक्षले फिल्म ‘टक्सिक’ हिन्दीमा पनि रिलिज हुने जानकारी दिएको छ । यस खबरले यशका हिन्दी भाषी फ्यानहरूलाई ठूलो राहत मिलेको छ ।

    प्रशान्त नीलद्वारा निर्देशित ‘केजीएफ च्याप्टर २’ ले केवल हिन्दी संस्करणमा मात्र भारतमा लगभग ४३४.७० करोड रुपैयाँ कमाएको थियो। यसले ‘केजीएफ च्याप्टर २’ लाई त्यस वर्षको तेस्रो सर्वाधिक कमाउने हिन्दी फिल्म बनाएको थियो । भारतमा फिल्मको कुल बक्स अफिस कलेक्सन ८०६.१ करोड रहेको छ। यशको स्टारडम र ‘केजीएफ’ को सफलतालाई हेर्दा ‘टक्सिक’ बाट पनि दर्शकहरूले ठूलो अपेक्षा राखेका छन् ।

    Post Views: 74
    • Kala Saili
    • Kala Saili News
    • KGF
    • KGF2
    • Toxic
    • Yash
    प्रकाशित मिति: २०८२ बैशाख १८, बिहीबार १२:४९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कुसुमले गरिन् टिकाटालो
    ‘जनै हराएको बाहुन’को छायांकन सम्पन्न
    ‘जारी २’को पाँचथरबाट छायांकन सुरु
    ताजा अपडेट
    • १. कुसुमले गरिन् टिकाटालो

    • २. पुनमलाई ‘तिमी मेरो प्राण हौ…’ भन्दै सनम

    • ३. ‘जनै हराएको बाहुन’को छायांकन सम्पन्न

    • ४. ‘जारी २’को पाँचथरबाट छायांकन सुरु

    • ५. ‘तोक्मा एप’का ब्रान्ड एम्बासडर बने विल्सन

    चर्चित
    • १. ‘नरसिंहाः अवतार’ ट्रेलर सार्वजनिक भए लगत्तै युट्युब ट्रेन्डिङमा

    • २. बोर्डको सेवा अब अनलाइनमै, ३० सेवा घरमै बसेर पाउन सकिने

    • ३. ‘नरसिंहाः अवतार’ को ट्रेलरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया

    • ४. रजनीकान्त बने एसियाका सबैभन्दा महँगा अभिनेता

    • ५. किन ‘हाउसफुल ५’ को टिजर हटाइयो ?

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.