• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

यशको ‘टक्सिक’ हिन्दीमा रिलिज बारे के भन्छन् निर्माता ?

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १८, बिहीबार १२:४९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । ‘केजीएफ च्याप्टर १’ र ‘केजीएफ च्याप्टर २’ को बम्पर सफलतापछि अभिनेता यशका फ्यानहरू उनको आगामी फिल्मलाई लिएर निकै उत्साहित छन् । उनको नयाँ फिल्म ‘टक्सिक’ को घोषणा भएदेखि नै दर्शकहरूमा ठूलो उत्साह देखिएको थियो ।

    तर, हालै सामाजिक सञ्जालमा आएको एक खबरले हिन्दी भाषी दर्शकहरूलाई निराश बनाउन सक्छ । खबर अनुसार, ‘टक्सिक’ कन्नड र अंग्रेजी भाषामा मात्र रिलिज हुने बताइएको थियो । यो समाचार सार्वजनिक हुनेबित्तिकै यशका हिन्दी फ्यानहरूले सामाजिक सञ्जालमा फिल्म हिन्दीमा रिलिज नहुने भन्दै असन्तुष्टि व्यक्त गर्न थालेका थिए ।

    स्मरण रहोस्, ‘केजीएफ च्याप्टर १’ र ‘केजीएफ च्याप्टर २’ ले हिन्दी दर्शकहरूको मनमा एक विशेष स्थान बनाएको थियो र यशले पनि यहाँबाट धेरै माया पाएका थिए । यसै कारणले गर्दा पनि ‘टक्सिक’ हिन्दीमा रिलिज नहुने खबरले फ्यानहरूमा निराशा छाएको थियो ।

    यद्यपि, यो खबर निराधार सावित भएको छ । निर्माण पक्षले फिल्म ‘टक्सिक’ हिन्दीमा पनि रिलिज हुने जानकारी दिएको छ । यस खबरले यशका हिन्दी भाषी फ्यानहरूलाई ठूलो राहत मिलेको छ ।

    प्रशान्त नीलद्वारा निर्देशित ‘केजीएफ च्याप्टर २’ ले केवल हिन्दी संस्करणमा मात्र भारतमा लगभग ४३४.७० करोड रुपैयाँ कमाएको थियो। यसले ‘केजीएफ च्याप्टर २’ लाई त्यस वर्षको तेस्रो सर्वाधिक कमाउने हिन्दी फिल्म बनाएको थियो । भारतमा फिल्मको कुल बक्स अफिस कलेक्सन ८०६.१ करोड रहेको छ। यशको स्टारडम र ‘केजीएफ’ को सफलतालाई हेर्दा ‘टक्सिक’ बाट पनि दर्शकहरूले ठूलो अपेक्षा राखेका छन् ।

    Post Views: 244
    • Kala Saili
    • Kala Saili News
    • KGF
    • KGF2
    • Toxic
    • Yash
    प्रकाशित मिति: २०८२ बैशाख १८, बिहीबार १२:४९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.