• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

शुक्रबारदेखि ‘टासी’ को छायांकन हुँदै

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १८, बिहीबार १२:२७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । अमेरिकी कम्पनी एप्पलको लगानीमा बन्न लागेको हलिउड फिल्म ‘टासी’ को छायांकन शुक्रबारदेखि नेपालका विभिन्न रमणीय स्थानहरूमा सुरु हुँदैछ । विश्वभर प्रतिक्षा गरिएको यो फिल्मको छायांकनका लागि ३०० भन्दा बढी विदेशी प्राविधिकसहितको फिल्म टोली यतिबेला काठमाडौंमा छ ।

    विलियम डफोई र टम हिडल्स्टन जस्ता हलिउडका चल्तीका कलाकारहरूको मुख्य भूमिका रहने यो फिल्मले पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको प्रेरणादायी कथालाई पर्दामा उतार्नेछ । सी-स फिल्म्सले ‘टासी’ को निर्माणको जिम्मा लिएको छ ।

    सन् १९५३ मा शेर्पा तेन्जिङ नोर्गे र न्युजिल्याण्डका एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए । फिल्ममा टम हिडल्स्टनले हिलारीको भूमिका निर्वाह गर्नेछन् भने विलियम डफोईले अंग्रेज आरोहण दलका नेता कर्णेल जोन हन्टको महत्त्वपूर्ण भूमिकामा देखिनेछन् ।

    काठमाडौं आइपुगेको फिल्मको टोलीमा अधिकांश प्राविधिकहरू भारतीय रहेका छन् । फिल्मको नेपालमा सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी भारतको प्रवेश साहनीको आइटप कम्पनीले लिएको छ । स्रोतका अनुसार, फिल्मलाई आवश्यक पर्ने उपकरण, सामग्री र प्राविधिकहरू पनि यही कम्पनीको समन्वयमा भारतबाट ल्याइएको हो । विश्वव्यापी रूपमा २५० मिलियन अमेरिकी डलरको बजेट रहेको यो फिल्मले नेपालमा मात्रै १० देखि १५ करोड नेपाली रुपैयाँसम्म खर्च गर्ने अनुमान गरिएको छ ।

    ‘टासी’ को छायांकन काठमाडौं उपत्यकाका साथै प्राकृतिक सुन्दरताले भरिएका जोमसोम, बन्दीपुर, सिन्धुपाल्चोक र सगरमाथा क्षेत्र सोलुखुम्बुमा गरिने तयारी छ । फिल्मको छायांकन नेपालमा लगभग एक महिनासम्म चल्नेछ ।

    यस फिल्मको निर्देशन ‘शेर्पा’ र ‘माउण्टेन’ जस्ता प्रशंसित डकुमेन्ट्रीहरू निर्देशन गरेकी जेनिफर पिडमले गर्ने भएकी छिन् । निर्देशक पिडमको तेन्जिङ नोर्गे शेर्पाको परिवार र समग्र शेर्पा समुदायसँग गहिरो सम्बन्ध रहेको बताइन्छ ।

    तेन्जिङ नोर्गे शेर्पाका छोरा नोर्बु शेर्पा यस फिल्मको कार्यकारी निर्माताको रूपमा रहनेछन् । यसअघि हलिउडको मार्वल स्टुडियोको सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज’ को केही दृश्यहरू पनि नेपालमा छायांकन गरिएको थियो । त्यसपछि हलिउडको यति ठूलो लगानी र कलाकार भएको फिल्मको छायांकन नेपालमा हुन लागेको यो पहिलो पटक हो।

    Post Views: 275
    • Kala Saili
    • Kala Saili News
    • Tashi
    प्रकाशित मिति: २०८२ बैशाख १८, बिहीबार १२:२७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.