• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘जन्ते बाख्रो’ पोस्टरमा बाख्रा बन्यो मुख्य आकर्षण !

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १८, बिहीबार ११:५४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । आगामी जेठ २३ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जन्ते बाख्रो’ को पोस्टर सार्वजनिक गरिएको छ । हास्य, रहस्य र ग्रामीण परिवेशलाई समेटेर निर्माण गरिएको यो पोस्टरमा फिल्मका मुख्य कलाकारहरूलाई प्रस्तुत गरिएको छ । तर, सबैको ध्यान खिचेको छ गुलाबी रङको चश्मा लगाएको एउटा बाख्राले, जसलाई पोस्टरको अग्रभागमा देखाइएको छ । रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले यो अनौठो पोस्टर डिजाइन गरेका हुन्।

    पोस्टरमा देखिएका कलाकारहरूको हाउभाउले फिल्ममा रोमाञ्चक कथा र हाँस्यव्यङ्ग्यको मिश्रण हुने संकेत दिन्छ । सार्वजनिक पोस्टरमा सौगात मल्ल, आशिफ शाह, गरिमा शर्मा, रमेश शाह, लोकेन्द्र लेखक, विशाल पहारी, कमल देवकोटा, रुषा न्यौपाने लगायतका कलाकारहरू फिचर्ड छन् । पोस्टरमा बाख्रालाई प्रमुख स्थान दिनुले फिल्मको कथावस्तुमा विशेष रहस्य र कमेडीको तडका हुने अनुमान लगाउन सकिन्छ ।

    सिमोश सुनुवारद्वारा निर्देशित ‘जन्ते बाख्रो’ मा रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर जस्ता कलाकारहरूको पनि अभिनय रहेको छ । यसअघि सार्वजनिक भएका फिल्मका दुई गीत ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ लाई दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिइसकेका छन् ।

    मुईन इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्म सामाजिक कमेडी जनरामा आधारित छ । सन्तोष गौतमले निर्माण गरेको फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । नेपाली समाजमा विवाहमा जन्तीलाई खुवाइने भोजलाई ‘जन्ते बाख्रो’ भनिन्छ र फिल्मको कथा यहीँ लोककथामा आधारित छ ।

    फिल्ममा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने यो फिल्मको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ । बाख्रालाई केन्द्रमा राखेर सार्वजनिक गरिएको यो पोस्टरले दर्शकमा फिल्मप्रति थप उत्सुकता जगाउने अपेक्षा गरिएको छ ।

    Post Views: 220
    • Ashif Shah
    • Garima Sharma
    • Jante Bakhro
    • Kala Saili
    • Kala Saili News
    • saugat malla
    • Simosh Sunuwar
    • जन्ते बाख्रो
    प्रकाशित मिति: २०८२ बैशाख १८, बिहीबार ११:५४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.