• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

सर्वनाशको ‘के भाको’ सार्वजनिक

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १७, बुधबार ११:०६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । सर्वनाशको साङ्गीतिक नामले परिचित गायक तथा र्‍यापर सरोज मगरले नयाँ र्‍याप गीत ‘के भाको’ सार्वजनिक गरेका छन् । जमलस्थित विश्वज्योति मलमा रहेको राजा लाउन्जमा मङ्गलवार बेलुकी आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भिडियोसहित गीतलाई सार्वजनिक गरेका हुन् । युट्युबमा रहेको उनकै म्युजिक च्यानल ‘सर्वनाश म्युजिक’ मार्फत सार्वजनिक गरिएको गीतमा गायन र र्‍यापमा सर्वनाशलाई डी-चेनले साथ दिएका छन् । यसको सङ्गीत भने कलज्ञ रकर्ड्स तयार पाएको हो । यसमा बाँसुरी विकेश लामाको सुन्न सकिन्छ ।

    गीत सार्वजनिक गर्दै सर्वनाशले अडियो र भिडियोमा उत्तिकै मेहनत गरेको बताए । उनले भने,‘र्‍यापमा केही गर्ने कोसिस छ, यो भावना व्यक्त गरेको र्‍याप गीत हो । हामीले सुखदुःख र आफ्नो भावनालाई यस्तै र्‍याप गीतमार्फत सार्वजनिक गर्ने गरेका छौँ । हाम्रो गीत सुन्नेले हामीलाई त्यहिबाट चिन्न र बुझ्न सक्नुहुन्छ । किनकि यो गीत मात्र नभई हाम्रो भावना हो ।’

    उनले गीतअनुसार नै भिडियो पनि तयार परेको बताए । गीतको भिडियोलाई जुमनले तपार परेका हुन् । उनकै समूहले छायाङ्कन, सम्पादन र निर्देशनसहित भिडियोका सम्पूर्ण काम गरेको हो । भिडियोमा मुना योञ्जन र कञ्चन श्रेष्ठ फिचरीङ छन् । ट्रेक्स प्रोडक्सनले निर्माण गरेको भिडियो हेरेपछि सिनियर र्‍यापर हाकिम गुरुङले सबै टिमलाई बधाई दिए । पछिल्लो समय र्याप परिमार्जित र परिस्कृत भइरहेको उनले बताए ।

    ‘पछिल्लो समय नयाँ पुस्ताले र्‍यापलाई सौखसँगै व्यवसायीकरण पनि गरिरहेका छन् । यसले पनि आगामी दिनमा नेपालमा र्‍याप विधाको भविष्य झन् राम्रो हुनेमा विश्वस्त छु । र्‍याप आफ्नो बेदना, भावना र पिडासँगै समाजको यथार्थलाई बाहिर ल्याउने माध्यम हो हामी र्‍यापरको लागि’, र्‍यापर हाकिमले भने । उक्त कार्यक्रममा चलचित्र पत्रकार सङ्घका पूर्व उपाध्यक्ष कुवेर डंगोल, फिल्म निर्माता तथा अभिनेता किरण नेपाली लगायत उपस्थित थिए ।

    निर्माता नेपालीले आफूले र्‍यापरकै विषयमा एउटा फिल्म निर्माण गर्न लागेता पनि विविध कारणले पुरा हुननसकेको तर भविष्यमा त्यो फिल्म बन्ने विश्वास व्यक्त गरे । ‘मैले र्‍याप सुनेको छु र यसका शब्दलाई महसुस गरेको छु । त्यसकारण मैले फिल्म बनाउने तयारी गरे, भिटेन त्यसमा अभिनय गर्दै थिएँ । विविध कारणले त्यो पुरा हुनसकेन । तर , भविष्यमा त्यो विषयलाई केही परिमार्जन गरेर पुनः फिल्म बनाउन सक्नेछु’, निर्माता नेपालीले भने ।

    र्‍यापर सर्वनाशको यसअगाडि ‘आउँ बस’, ‘कान्छी नानी’, ‘जादुपन’, ‘जिन्दगीको यात्रा’, ‘हामी अल्लारे ठिटो’, ‘समय’, ‘सर्वनाशको सुरुआत’ लगायतका र्‍याप गीत सार्वजनिक भइसकेका छन् ।

    Post Views: 658
    • Hakim
    • Kala Saili
    • Kala Saili Music
    • Kala Saili News
    • Ke bHako Song
    • Sarvanash
    प्रकाशित मिति: २०८२ बैशाख १७, बुधबार ११:०६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.