• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘चलचित्र विधेयक’ बारे फिल्मकर्मीको ६ बुँदे सुझाव

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १७, बुधबार ००:४५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । सरकारले राष्ट्रिय सभामा प्रस्तुत गरेको चलचित्र विधेयकप्रति आपत्ति जनाउँदै फिल्मकर्मीले संसद् सचिवालयमा ६ बुँदे सुझावपत्र पेश गरेका छन् । मंगलबार आयोजित चलचित्र सभामा निर्देशक, निर्माता र फिल्मकर्मीहरूको उपस्थितिमा तयार पारिएको सुझावपत्रमा विधेयक संघीयता, अभिव्यक्ति स्वतन्त्रता र नागरिक सर्वोच्चताको भावना विपरीत रहेको उल्लेख गरिएको छ ।

    सुझावपत्रको पहिलो बुँदामा चलचित्र विकास बोर्डलाई मन्त्रालयको मात्र शाखा बनाउने प्रयास नगर्न चेतावनी दिइएको छ । बोर्डले आफ्नै क्षेत्रमा स्वतन्त्र रूपमा काम गर्न पाउने व्यवस्था गर्नुपर्ने र मन्त्रालयले केवल सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने भनिएको छ ।

    दोस्रो बुँदामा फिल्मको जाँच तथा प्रदर्शनसम्बन्धी प्रस्तावित व्यवस्था फिल्ममाथि अंकुश लगाउने किसिमको भएको भन्दै त्यसप्रति आपत्ति जनाइएको छ । ग्रेडिङ प्रणाली मात्रै कायम राखी काँटछाँट प्रणाली हटाउन माग गरिएको छ । विधेयकको बुँदा ३१ मा उल्लेख गरिएको ‘चलचित्र प्रदर्शनमा रोक लगाउने’ प्रावधानले सिर्जनाकर्मीमा असुरक्षाको भावना सिर्जना गरेको भन्दै सो बुँदा पूर्ण रूपमा हटाउन भनिएको छ ।

    फिल्म क्षेत्र संघीय प्रणाली अन्तर्गत रहेकाले प्रदेशस्तरीय फिल्म र संरचनाबारे विधेयकमा स्पष्ट व्यवस्था हुनुपर्ने माग पनि गरिएको छ । साथै, यसका समस्या समाधान गर्न विशेष समन्वय समिति वा छुट्टै बोर्ड गठनको प्रस्तावसमेत गरिएको छ ।

    सुझावपत्रमा फिल्मको प्रदर्शन तथा वितरण प्रणालीलाई सहज बनाउने, र स्रष्टाले आफ्ना सिर्जनाको मूल्य आफैँले निर्धारण गर्न पाउने कानुनी ग्यारेन्टीको मागसमेत समेटिएको छ । उक्त सभामा निर्देशक मनोज पण्डित, निर्माता रविन्द्रसिंह बानियाँ, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीसहित १३ जना फिल्मकर्मीको हस्ताक्षर रहेको छ । संसदमा विचाराधीन विधेयकलाई परिमार्जन गर्न सुझावकर्ताहरूले सरकारसँग आग्रह गरेका छन् ।

    Post Views: 324
    • Kala Saili
    • Kala Saili News
    • Manoj Pandit
    • Rabindra Singh Baniya
    प्रकाशित मिति: २०८२ बैशाख १७, बुधबार ००:४५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.