• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘ऊनको स्वीटर साँझ’मा गुञ्जिए सुजन र ‘इन्फिनिटी’

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १७, बुधबार ००:३५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । गायक सुजन चापागाईं र उनको ब्यान्ड ‘इन्फिनिटी’ मंगलबार साँझ काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित एक विशेष साँगीतिक कार्यक्रममा गुञ्जिएका छन् । आर्टमाण्डूले निर्माण गरेको फिल्म ‘ऊनको स्वीटर’ को ट्रेलर सार्वजनिक समारोहपछि आयोजना गरिएको उक्त सङ्गीतिक सन्ध्यामा चापागाईंले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएका हुन् ।

    ‘ऊनको स्वीटर साँझ’ शीर्षक दिइएको कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ, वरिष्ठ पत्रकार टिकराम यात्री, गीतकार नरेश भट्टराई, निर्देशक दिनेश राउत, अनिल योञ्जन, गायक एकदेव लिम्बू लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा गायक चापागाईंले ‘फूल’, ‘तीनपाते’, ‘म फकाउँछु भनेर होला’, ‘फूलथुङ्गे रानी’, ‘लजाएर एक्लै किन’, ‘बाफ’ जस्ता आफ्ना लोकप्रिय गीतहरू गाएका थिए । उनको प्रत्यक्ष प्रस्तुति सुन्न प्रज्ञा प्रतिष्ठानको डबलीमा युवायुवतीहरूको बाक्लो उपस्थिति देखिएको थियो । सङ्गीतिक लय र भावनाले भरिएको प्रस्तुतिले दर्शकहरूलाई झुमाएको थियो ।

    गायक चापागाईंले ‘ऊनको स्वीटर’ फिल्ममा गीतसङ्गीत निर्देशनसमेत गरेका छन् । फिल्म वैशाख २६ (मे ९) गतेदेखि प्रदर्शनमा आउँदैछ ।

    तस्बीरहरू : कुवेर डंगोल

    Post Views: 300
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    • Sujan Chapagain
    • Unko Sweater
    प्रकाशित मिति: २०८२ बैशाख १७, बुधबार ००:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.