• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘ऊनको स्वीटर’ ट्रेलर : अन्तरजातीय प्रेम र ग्रामिण जीवनको चित्रण

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १७, बुधबार ००:२९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘ऊनको स्वीटर’ को ट्रेलर मंगलबार सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको करिब चार मिनेट लामो ट्रेलरमा कथा, पात्र र द्वन्द्वबारे प्रस्ट्याईएको छ ।

    नवीन चौहान निर्देशित उक्त फिल्म पूर्वी नेपालको पहाडी भेगलाई पृष्ठभूमिमा राखेर तयार गरिएको हो । ट्रेलरले एउटा गुरुङसेनी युवती र ब्राह्मण युवकबीचको सरल प्रेम सम्बन्ध र त्यसमा देखिने जातीय अन्तर्विरोधलाई भावुक रूपमा प्रस्तुत गरेको छ । निर्देशक चौहानका अनुसार, फिल्मले मानवीय सम्बन्ध, सामाजिक भिन्नता र तीव्र भावनात्मक संवेदनालाई ग्रामिण परिवेशको यथार्थसँग गाँसेर चित्रण गर्ने प्रयास गरेको छ ।

    फिल्ममा सुजन चापागाईं र झुमा लिम्बुको संगीत प्रयोग गरिएको छ, जसले ट्रेलरलाई थप प्रभावशाली बनाएको छ । कथा र संगीतको संयोजन ‘ऊनको स्वीटर’को विशेष पक्षका रूपमा उल्लेख गरिएको छ । ग्रामिण प्रेम कहानीलाई पुनः जीवन्त बनाएको अनुभव गराउने ट्रेलरमा अटोग्राफ साट्ने, नजरले भावना पढ्ने र सरल जीवनशैलीमा प्रेम गर्ने लगायत समेटिएको छ ।

    फिल्ममा विपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राई, परीक्षा लिम्बु, सुनिल पोखरेल, एलेक्स पारस, प्रेम सुब्बा, माओत्से गुरुङको लगायतको अभिनय रहेको छ । आर्टमाण्डूको ब्यानरमा बनेको ‘ऊनको स्वीटर’ आगामी वैशाख २६ गते (मे ९) देश तथा विदेशमा एकैसाथ प्रदर्शनमा आउने तयारीमा छ ।

    Post Views: 316
    • Bipin Karki
    • Kala Saili
    • Kala Saili News
    • Miruna Magar
    • Nabeen Chauhan
    • Pariksha Limbu
    • Sujan Chapagain
    • Sunil Pokharel
    • Unko Sweater
    प्रकाशित मिति: २०८२ बैशाख १७, बुधबार ००:२९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.