• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

भुवनको निर्देशन र अनमोलको अभिनय रहने फिल्म जेठदेखि छायांकनमा

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १५, सोमबार २२:१५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । होम प्रोडक्सनको फिल्ममा अभिनय गर्न अनमोल केसी तयार भएका छन् । पछिल्लो समय बाहिरी ब्यानरमा काम गरिरहेका अनमोल जेठको अन्तिमबाट छायांकन हुने होम प्रोडक्सनको फिल्ममा जुटेका छन् । फिल्म ‘क्याप्टेन’ पछि होम प्रोडक्सनको फिल्ममा सक्रिय समय दिन नसकेका अनमोल अब भने पिता भुवन केसीकै निर्देशनमा बन्ने नयाँ फिल्ममा काम गर्न लागेका हुन् ।

    हालसम्म फिल्मको नाम सार्वजनिक गरिएको छैन । तर, यो फिल्मलाई विशुद्ध लभ स्टोरीको कथावस्तुमा निर्माण गरिने बुझिएको छ । फिल्मको स्क्रिप्ट लक भइसकेको छ र लोकेसन अवलोकन समेत निर्देशक भुवन केसी र उनकी टिमले सकाएको छ ।

    अनमोल अभिनीत यो नयाँ फिल्म दुई चरणमा छायांकन हुने तयारी छ । पहिलो चरणको छायांकन जेठको तेस्रो साताबाट केही दिनका लागि सुरु गरिने र दोस्रो चरण भदौमा सम्पन्न गरिने योजना बनाइएको छ । फिल्ममा अन्य कलाकार को-को रहने भन्ने विषय भने खुलाइएको छैन, तर अभिनेत्रीमा जसिता गुरुङको नाम चर्चामा छ ।

    यस्तै, अनमोल अभिनीत अर्को फिल्म ‘जेरी अन टप’ को छायांकन अझै १५ दिन बाँकी छ । उक्त फिल्म असोज ३१ गतेबाट प्रदर्शनमा ल्याउने तयारी निर्माण पक्षले गरिसकेको छ ।

    Post Views: 310
    • Anmol Kc
    • Bhuwan Kc
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    प्रकाशित मिति: २०८२ बैशाख १५, सोमबार २२:१५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.