• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

अब रेखा नाटकमा, ‘मीरा’ बाट डेब्यु गर्दै

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १५, सोमबार २१:५३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । फिल्मी क्षेत्रमा कुशल अभिनेत्रीको रेखा थापा अब रंगमञ्चमा पनि देखिन लागेकी छन् । कान्तिपुर थिएटरले मंचन गर्न लागेको नाटक ‘मीरा’ बाट उनले आफ्नो नाट्य डेब्यु गर्न लागेकी हुन् ।

    दीपक सिंजालीको उपन्यास ‘मीरा’ मा आधारित यो नाटकको मुख्य भूमिकामा रेखा थापाले अभिनय गर्नेछिन् । हाल नाटकको रिहर्सल र रिडिङ कार्य सुरु भइसकेको छ । केही दिनअघि रेखाले सामाजिक सञ्जालमा ‘रेखा कि मीरा’ लेखिएको पोस्टसहित फोटो सेयर गरेर नयाँ यात्राको संकेत गरेकी थिइन् ।

    ‘मीरा’ नाटकमा एक महिलाले परिवार र समाजसँग गरेको विद्रोहको कथा प्रस्तुत हुनेछ । नाटकको नाट्य रुपान्तरण र निर्देशन सुन्दर धितालले गरिरहेका छन् । अन्य कलाकारहरूको सूची केही दिनभित्र सार्वजनिक गरिने कान्तिपुर थिएटरले जानकारी दिएको छ । यो नाटक जेठ १५ गतेदेखि असार ७ गतेसम्म मंचन हुनेछ । रेखा थापाको रंगमञ्चमा डेब्यु हुने भएकाले दर्शकमाझ नाटकप्रति विशेष चासो र प्रतीक्षा बढेको देखिन्छ । फिल्म शिक्षामा संलग्न कान्तिपुर फिल्म एकेडेमीले स्थापना गरेको उक्त थिएटरको शिलान्यास गत महिना अभिनेता राजेश हमालले गरेका थिए ।

    Post Views: 361
    • Kal Saili Theater
    • Kala Saili
    • Kala Saili News
    • Rekha Thapa
    प्रकाशित मिति: २०८२ बैशाख १५, सोमबार २१:५३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.