कलाशैली संवाददाता । दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री तृषा कृष्णन आगामी फिल्म ‘ठग लाइफ’ मा देखिने भएकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यस फिल्मका लागि उनले १२ करोड भारू पारिश्रमिक लिएकी छन् । यो पारिश्रमिक बलिउड अभिनेत्री आलिया भट्ट र कट्रीना कैफले लिएको भन्दा बढी रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
समाचार अनुसार, आलिया भट्टले फिल्म ‘रकी और रानीकी प्रेमकहानी’ र कट्रीना कैफले ‘टाइगर ३’ का लागि १० करोड भारू लिएका थिए । यस हिसाबले तृषाले दुवै बलिउड अभिनेत्रीलाई पारिश्रमिकको मामिलामा पछि पारेकी छन् ।
सन् १९९९ मा फिल्म ‘जोडी’ बाट अभिनयमा डेब्यू गरेकी तृषाले मुख्य अभिनेत्रीको रूपमा ‘मौनम पेरियाधे’ बाट आफ्नो पहिचान बनाएकी हुन् । मिस चेन्नईसमेत रहेकी तृषाले हिन्दी फिल्ममा पनि अभिनय गरेकी छन् । उनले सन् २०१० मा अक्षय कुमारको साथ ‘खट्टा मिठा’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् ।
‘ठग लाइफ’ मा तृषाको भूमिका कस्तो हुनेछ भन्ने बारेमा थप जानकारी आउन बाँकी छ, तर उनको उच्च पारिश्रमिकले फिल्म उद्योगमा उनको बढ्दो प्रभाव र मागलाई भने स्पष्ट रूपमा देखाउँछ ।