• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

तृषाले ‘ठग लाइफ’ का लागि लिइन् १२ करोड पारिश्रमिक

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १४, आईतवार २३:२७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री तृषा कृष्णन आगामी फिल्म ‘ठग लाइफ’ मा देखिने भएकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यस फिल्मका लागि उनले १२ करोड भारू पारिश्रमिक लिएकी छन् । यो पारिश्रमिक बलिउड अभिनेत्री आलिया भट्ट र कट्रीना कैफले लिएको भन्दा बढी रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

    समाचार अनुसार, आलिया भट्टले फिल्म ‘रकी और रानीकी प्रेमकहानी’ र कट्रीना कैफले ‘टाइगर ३’ का लागि १० करोड भारू लिएका थिए । यस हिसाबले तृषाले दुवै बलिउड अभिनेत्रीलाई पारिश्रमिकको मामिलामा पछि पारेकी छन् ।

    सन् १९९९ मा फिल्म ‘जोडी’ बाट अभिनयमा डेब्यू गरेकी तृषाले मुख्य अभिनेत्रीको रूपमा ‘मौनम पेरियाधे’ बाट आफ्नो पहिचान बनाएकी हुन् । मिस चेन्नईसमेत रहेकी तृषाले हिन्दी फिल्ममा पनि अभिनय गरेकी छन् । उनले सन् २०१० मा अक्षय कुमारको साथ ‘खट्टा मिठा’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् ।

    ‘ठग लाइफ’ मा तृषाको भूमिका कस्तो हुनेछ भन्ने बारेमा थप जानकारी आउन बाँकी छ, तर उनको उच्च पारिश्रमिकले फिल्म उद्योगमा उनको बढ्दो प्रभाव र मागलाई भने स्पष्ट रूपमा देखाउँछ ।

    Post Views: 255
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    • Trisha Krishnan
    प्रकाशित मिति: २०८२ बैशाख १४, आईतवार २३:२७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.