• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

अल्लु अर्जुनको फिल्ममा मृणाल

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १४, आईतवार २३:१९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन र निर्देशक एटलीले मिलेर एक नयाँ साइन्स फिक्सन (साइफाइ) फिल्ममा काम गरिरहेका छन् । हाललाई ‘एए २२, ए सिक्स’ नाम दिइएको यो फिल्मलाई सन पिक्चर्सले छ सय करोड रुपैयाँभन्दा बढीको बजेटमा निर्माण गर्दैछ । हालै यसको निर्माण कार्यबारे विवरण सार्वजनिक भएपछि फिल्मप्रति व्यापक चर्चा सुरु भएको छ ।

    यससँगै फिल्ममा अभिनेत्री मृणाल ठाकुरलाई अल्लु अर्जुनको अपोजिट मुख्य भूमिकाका लागि अनुबन्ध गरेको खबर भारतीय मिडियाले सार्वजनिक गरेका छन् । मृणालले मुम्बईको एक स्टुडियोमा लुक टेस्ट गराएकी थिइन् र फिल्ममा तीन महिला मुख्य पात्रमध्ये एकको भूमिकामा देखिनेछिन् ।

    त्यस्तै, जान्हवी कपूर र दीपिका पादुकोणसँग अन्य दुई मुख्य भूमिकाका लागि पनि कुराकानी भइरहेको बताइएको छ । भारतीय मिडियाको रिपोर्टअनुसार जान्हवी लगभग फाइनल भइसकेकी छन् भने दीपिकासँग वार्ता जारी रहेको र चाँडै निर्णय हुनसक्ने जनाइएको छ ।

    ‘एए २२, ए सिक्स’लाई उच्च अवधारणामा तयार पारिएको फिल्मको रूपमा विकास गरिएको छ । भिएफएक्समा आधारित फिल्मले समानान्तर ब्रह्माण्डको कथा प्रस्तुत गर्नेछ, जहाँ अल्लु अर्जुनले आफ्नो करियरमा पहिलोपटक दोहोरो भूमिका निर्वाह गर्नेछन् । फिल्मको प्रि-प्रोडक्सन सुरु भइसकेको छ र यो वर्षको अगस्ट वा सेप्टेम्बरमा छायाङ्कन सुरु गर्ने लक्ष्य राखिएको छ ।

    Post Views: 260
    • AA26A6
    • Allu Arjun
    • Atlee
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    • Mrunal Thakur
    • अल्लु अर्जुन
    प्रकाशित मिति: २०८२ बैशाख १४, आईतवार २३:१९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.