• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

स्वर्णिम साँझमा गुञ्जिदै दीपक

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १४, आईतवार २३:०९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । गायक दीपक लिम्बूको पहिलो स्वर्णीम सांगीतिक साँझ आगामी भदौ १७ गते काठमाडौँमा आयोजना हुने भएको छ । उनी बृहत् गायन प्रतियोगिता ‘नेपाली तारा’को विजेता बनेको २० वर्ष पूरा भएको अवसरमा कार्यक्रम आयोजना गर्न लागिएको हो । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा साँझ ५ बजेदेखि सुरु हुने सांगीतिक साँझमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य अशोक लोहोरुङ राईले संगीत संयोजन गर्नेछन्।

    साँझमा गायक लिम्बूले २५ जना लाइभ वाद्यवादकको टोलीसँग आफ्ना साथै अग्रज कलाकारका चर्चित गीतहरू प्रस्तुत गर्नेछन्। कार्यक्रमको टिकट दर १ हजार र ५०० रुपैयाँ तोकिएको आयोजकले जानकारी दिएको छ । सांगीतिक साँझको तयारीलाई लिएर गायक लिम्बू उत्साहित छन् । कार्यक्रम ओएस म्युजिकले आयोजना गर्न लागेको हो ।

    विसं २०६२ सालमा ‘नेपाली तारा’ पहिलो संस्करणका विजेता बनेका लिम्बूले त्यसयता नेपाली चलचित्र र आधुनिक गीतमा लगातार लोकप्रियता कमाएका छन् । ‘मैले त्यही भएर मन पराको’, ‘यहाँ देशको छ चिन्ता’, ‘मुटु माग्यौ तिमीले’, ‘ढल्क्यो ढल्क्यो’, ‘मैले माया गर्न जानिनँ होला’ जस्ता उनका दर्जनौँ गीतहरू श्रोतामाझ लोकप्रिय छन् ।

    Post Views: 185
    • Deepak Limbu
    • Dipak Limbu
    • Kala Saili
    • Kala Saili Music
    • Kala Saili News
    • Kala Saili Update
    प्रकाशित मिति: २०८२ बैशाख १४, आईतवार २३:०९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.