• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

राष्ट्रिय सभामा दर्ता गरिएको चलचित्र विधेयकमा के छ ?

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १४, आईतवार २२:४५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपाली फिल्म क्षेत्रलाई समयानुकूल बनाउने प्रयासस्वरूप फिल्मसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक आज राष्ट्रिय सभामा दर्ता गरिएको छ । उक्त विधेयकले २०२६ सालमा बनेको पुरानो चलचित्र ऐनलाई विस्थापन गर्दै नयाँ संरचना प्रस्ताव गरेको हो ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सभामा पेश गर्नुभएको विधेयकले अब फिल्मकर्मीलाई बदलिँदो समय र प्रविधिसँग कदम मिलाएर अघि बढ्न सहज बनाउने अपेक्षा गरिएको छ ।

    नयाँ विधेयकमा संघीय संरचना र समावेशी सिद्धान्तलाई आत्मसात गर्दै फिल्म क्षेत्रलाई व्यवस्थित र दिगो विकासतर्फ लैजाने खाका प्रस्तुत गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले विधेयक प्रक्रिया अघि बढिसकेको हुँदा निकट भविष्यमै नयाँ चलचित्र ऐन कार्यान्वयनमा आउने आशा व्यक्त गर्नुभएको छ।

    विधेयकमा चलचित्र विकास बोर्डको भूमिकालाई अझै प्रभावकारी बनाउन प्रस्ताव गरिएको छ । अब बोर्डको सञ्चालक समितिमा दुई महिलासहित पाँच सदस्य रहने व्यवस्था गरिनेछ । बोर्डलाई स्वशासित र संगठित निकायको रुपमा पुनः संरचना गर्ने र अध्यक्ष तथा सदस्यहरूको कार्यकाल चार वर्ष कायम गर्ने व्यवस्था विधेयकले प्रस्ताव गरेको छ । नयाँ कानुन ‘चलचित्र ऐन २०८१’ नामबाट कार्यान्वयनमा आउनेछ। नयाँ ऐनको कार्यान्वयनपछि नेपाली चलचित्र क्षेत्रलाई संस्थागत र व्यवस्थित बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

    Post Views: 310
    • film Bill 2081
    • Film Bill 2082
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    प्रकाशित मिति: २०८२ बैशाख १४, आईतवार २२:४५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.