• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

अक्षयलाई चोरीको आरोप

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १४, आईतवार १४:४८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । बलिउड अभिनेता अक्षय कुमारको नयाँ फिल्म ‘केसरी-२’ रिलिज भएको केही दिनमै विवादमा तानिएको छ । फिल्मका संवादहरू चोरी गरिएको आरोप युट्युबर तथा कवि याह्या बुटवालाले लगाएका हुन् ।

    याह्याले आरोप लगाउँदै भनेका छन् कि फिल्ममा जलियाँवाला बाग नरसंहारसम्बन्धी उनले पाँच वर्षअघि युट्युबमा सार्वजनिक गरेको कविता शब्दशः नक्कल गरिएको छ । साथै, उक्त सामग्री प्रयोग गर्दा उनलाई कुनै श्रेयसमेत नदिइएको गुनासो गरेका छन् ।

    याह्याले आफ्नो कविता र ‘केसरी-२’ फिल्ममा अनन्या पाण्डेले बोलेका संवादहरू तुलना गर्दै दुई क्लिपहरू सामाजिक सञ्जालमा सेयर गरेका छन् । उनले फिल्मकी लेखिका सुमिता सक्सेनामाथि प्रत्यक्ष रूपमा ‘कपी-पेस्ट’ गरेको आरोप लगाएका छन् । साथै, अक्षय कुमार, निर्माता करण जोहर, अनन्या पाण्डे, सुमिता सक्सेना र धर्मा प्रोडक्सनलाई समेत पोस्टमा ट्याग गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।

    याह्याले लेखेका छन्,‘चार दिनअघि कसैले मेरो जालियाँवाला बाग कविता सँग मिल्दोजुल्दो संवाद केसरी-२ मा प्रयोग भएको देखाउँदै क्लिप पठाएका थिए । विचार मिल्न सक्छ, तर उस्तै शब्दशैली र लाइनहरू मिल्नु संयोग हुन सक्दैन’, उनले थप भने,‘लेखकको रूपमा, कसैको सामग्रीलाई क्रेडिट नदिई लिनु गलत हो । अर्को पटक मलाई सम्पर्क गर्नुहोस्, म तपाईंका लागि मौलिक संवाद लेख्नेछु।’

    यद्यपि, याह्याले सामाजिक सञ्जालमा सेयर गरेको भिडियो इन्स्टाग्रामले हटाएको छ । यसबारे उनले इन्स्टा स्टोरीमार्फत जानकारी गराउँदै भनेका छन्,‘केसरी-२ को संवादसम्बन्धी मेरो रिल इन्स्टाग्रामबाट हटाइएको छ, तर यो विषय समाधान नभएसम्म म कुरा गरिरहनेछु।’

    ‘केसरी-२’ गत अप्रिल १८ मा प्रदर्शनमा आएको हो । फिल्म जलियाँवाला बाग नरसंहारपछि न्यायका लागि वकिल शंकरन नायरले लडेका कानुनी संघर्षको कथामा आधारित छ । (एजेन्सी सहयोगमा )

    Post Views: 232
    • Akshya Kumar
    • Kala Saili
    • Kala Saili Music
    • Kala Saili News
    • अक्षय कुमार
    • कलाशैली
    प्रकाशित मिति: २०८२ बैशाख १४, आईतवार १४:४८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.