• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘संस्कार नहुँदासम्म, मलाई छुन नआउनु’

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १४, आईतवार १४:४२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । अभिनेत्री सुरक्षा पन्त पछिल्लो समय सामाजिक सञ्जालमा व्यापक रूपमा ट्रोलको शिकार बनेकी छन् । एक टेलिभिजन अन्तर्वार्तामा दिएको अभिव्यक्तिका कारण उनलाई राजावादी समूहबाट आलोचना मात्र होइन, गालीगलौज समेत भइरहेको छ ।

    पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र शाहलाई ह्यान्डसम् भन्दै फिल्म अभिनयका लागि उपयुक्त भएको प्रतिक्रिया दिएपछि सुरक्षा विवादमा तानिएकी हुन् । उनको उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा राजावादी समर्थकहरूले आक्रोश पोखिरहेका छन् । कतिपयले त सुरक्षाको नयाँ फिल्म ‘खेल’ बहिष्कार गर्नुपर्ने माग गर्दै विरोधसमेत जनाएका छन् ।

    सुरक्षा पन्तको समर्थनमा भने नेपाली फिल्म क्षेत्रका कलाकारहरू पनि उत्रिएका छन् । अभिनेत्री ऋचा शर्माले सुरक्षाको पक्षमा आवाज उठाउँदै आफूले भोग्नुपरेको अनलाइन दुव्र्यवहारको स्क्रिनसट सामाजिक सञ्जालमा सेयर गरेकी छन् । यस्तै, नेता महेश बस्नेत र रामकुमारी झाँक्रीले पनि सुरक्षाको अभिव्यक्तिलाई राजनीतिक स्वतन्त्रताको अधिकार भनी समर्थन जनाएका छन् ।

    सामाजिक सञ्जालमा अहिले सुरक्षाको विषयमा राजावादी र गणतन्त्रवादीबीच चर्को बहस भइरहेको छ । कतिपयले सुरक्षाको अभिव्यक्ति स्वतन्त्रता र विचार व्यक्त गर्ने अधिकारको सम्मान गरिनु पर्ने बताएका छन् ।

    यी सबै प्रतिक्रिया बीच, शनिबार बेलुका सुरक्षाले आफूलाई गालीगलौज गर्नेहरूलाई लक्षित गर्दै आफ्नो फेसबुक पेजमा एक कविता सेयर गर्दै प्रतिवाद गरेकी छन्। उनले लेखेकी छन्,‘संस्कार नहुँदासम्म, मलाई छुन नआउनु’, जसलाई उनका समर्थकहरूले साहसिक प्रतिक्रिया भन्दै सकारात्मक रूपमा लिएका छन् ।

    Post Views: 275
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    • Suraksha Panta
    प्रकाशित मिति: २०८२ बैशाख १४, आईतवार १४:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.