• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

आर्यनकी भान्जी आर्ही ‘टक्सिक ट्रुथ’ मार्फत गायनमा

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १४, आईतवार १४:३३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपाली फिल्म क्षेत्रका अभिनेता आर्यन सिग्देलकी भान्जी आर्हीले संगीत यात्राको सुरुवात गर्दै ‘टक्सिक ट्रुथ’ नामक अङ्ग्रेजी गीत ल्याउने भएकी छन् । अभिनेता सिग्देलले गीतको पोस्टर सार्वजनिक गर्दै भान्जी आर्हीलाई नयाँ यात्राको लागि शुभकामना दिएका छन् ।

    अष्ट्रेलियामा बसोबास गर्ने आर्हीले गायनमा रुचि राख्दै आएको बताइन्छ । लामो तयारीपछि उनले आफ्नो पहिलो गीत सार्वजनिक गर्ने तयारी गरेकी हुन् । अङ्ग्रेजी भाषामा तयार गरिएको ‘टक्सिक ट्रुथ’ मा गीत लेखनम आर्हीसँगै म्यागी एल बार्न्सको सहकार्य रहेको छ। गीतको सङ्गीत फोसिल र नेप्सेकले तयार पारेका छन्, जसले गीतलाई आधुनिक र अन्तर्राष्ट्रिय स्वाद दिने प्रयास गरिएको बताइएको छ ।

    ‘टक्सिक ट्रुथ’ को म्युजिक भिडिओ पनि पूरा भइसकेको छ । भिडिओलाई अनुभवि निर्देशक दीपेन्द्र केसीले निर्देशन गरेका छन् । एक दशकअघि म्युजिक भिडिओ निर्देशनमा निकै सक्रिय देखिएका केसी पछिल्लो समय डकुमेन्ट्री निर्देशनमा बढी केन्द्रित भएका छन् । तथापि, आर्हीको डेब्यु प्रोजेक्टलाई लिएर उनी पुनः म्युजिक भिडिओ निर्देशनमा फर्किएका छन् ।

    भिडिओ निर्माणमा क्रिएटिभ निर्देशकको रूपमा दिनेश जंग राणाले भूमिका निर्वाह गरेका छन् भने छायांकन बाबु श्रेष्ठले सम्हालेका छन् । भिडियोको सम्पादन तथा पोस्ट-प्रोडक्सन कार्य ‘पोस्ट प्रो’ स्टुडियोमा भइरहेको छ । निकट भविष्यमै ‘टक्सिक ट्रुथ’ औपचारिक रूपमा सार्वजनिक गरिने तयारी गरिएको छ ।

    Post Views: 195
    • Ahree
    • Kala Saili
    • Kala Saili Music
    • Kala Saili News
    • Kala Saili Update
    • Toxic truth Songs
    प्रकाशित मिति: २०८२ बैशाख १४, आईतवार १४:३३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.