• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai Bipin Karki Dinesh Dc saugat malla Miruna Magar Rajesh Hamal Film Development Board Nepal Kala Saili Music

सन्दीपसँगको सहकार्यमा पहिलो पटक ‘स्ट्याण्डअप कमेडी’ गर्दै हमाल

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १४, आईतवार १३:१९ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपाली फिल्म जगतका अभिनेता राजेश हमालले पहिलो पटक ‘स्ट्याण्डअप कमेडी’ मा हात हालेका छन् । बेलायतको लन्डन ह्यारोमा आज साँझ हुने ‘लाफ्टर फर लाइफ’ कार्यक्रममा हमालले कलाकार सन्दीप क्षेत्रीसँग सहकार्य गर्दै ‘स्ट्याण्डअप कमेडी’ प्रस्तुति दिने भएका हुन् । कार्यक्रम अगाडि आयोजित पत्रकार सम्मेलनमा कलाकार क्षेत्रीले आफूहरू चार महिनादेखिको तयारीपछि प्रस्तुति दिन तयार भएको जानकारी गराए ।

    ‘राजेश दाइसँग नजिक भएर संवाद गर्नेहरूलाई थाहा छ, उहाँको ‘सेन्स अफ ह्युमर’ कति राम्रो छ । त्यसैले मैले कार्यक्रमको प्रस्ताव गर्दा उहाँ पनि नयाँ रुपमा प्रस्तुत हुन तयार हुनुभयो’, क्षेत्रीले भने ।

    स्टेजमा सुरुमा सन्दीप क्षेत्रीले एक्लै प्रस्तुति दिनेछन्, त्यसपछि राजेश हमालले प्रस्तुत हुनेछन् र अन्त्यमा दुबैले संयुक्त रुपमा कार्यक्रम समेट्नेछन् । क्षेत्रीका अनुसार यो कार्यक्रम सफल भएपछि अन्य देशहरूमा पनि यस्तै प्रस्तुति गरिने योजना छ ।

    कार्यक्रममा गायक नवीन के भट्टराई र उनको सांगीतिक समूह ‘अतृप्त’ले पनि गीतसङ्गीत प्रस्तुत गर्नेछन् । ‘लाफ्टर फर लाइफ’ कार्यक्रम बेलायतस्थित माया इभेन्ट्सले आयोजना गरेको हो ।

    Post Views: 47
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    • Rajesh Hamal
    • Sandip CHhetri
    प्रकाशित मिति: २०८२ बैशाख १४, आईतवार १३:१९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विवाहको योजनाबारे के भन्छन् विजय र रश्मिका ?
    ‘ऊनको स्वीटर’ : ९ दिनमा ५ करोड २० लाख ग्रस व्यापार
    ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत चर्चामा गौरव
    Advertisement
    ताजा अपडेट
    • १. विवाहको योजनाबारे के भन्छन् विजय र रश्मिका ?

    • २. ‘हेरा फेरी ३’ परेश रावलले छाडेका हुन् ?

    • ३. ‘ऊनको स्वीटर’ : ९ दिनमा ५ करोड २० लाख ग्रस व्यापार

    • ४. ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत चर्चामा गौरव

    • ५. सहकारी ठगीको मार्मिक कथामा ‘महाभोज’

    चर्चित
    • १. कुसुमले गरिन् टिकाटालो

    • २. बोर्डको सेवा अब अनलाइनमै, ३० सेवा घरमै बसेर पाउन सकिने

    • ३. बोर्डमा सदस्य बने विरेन्द्र

    • ४. ‘झुठा प्रशंसा हुन्छ’ भन्ने दीपेन्द्रले कीन गरे प्रीमियर ?

    • ५. नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.