• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

अञ्जिलाको घर कहिले बन्छ ?

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १२, शुक्रबार ०९:४१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपाली राष्ट्रीय महिला फुटवल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ प्रदर्शनरत छ । निर्माण पक्षको दाबीलाई मान्ने हो भने फिल्मले दश करोड बढीको ग्रस कलेक्सन गरिसकेको छ । मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म गएको वर्ष होलीलाई लक्षित गर्दै प्रदर्शन भएको थियो । आउँदो वैशाख १९ मा ५१ औँ दिनको यात्रा तय गर्ने फिल्मको प्रदर्शन अगाडि नै ‘अञ्जिलाको आफ्नै घर’ अभियान चलाइएको थियो ।

    यस अन्तर्गत नेपालबाहिर हङकङ, बेलायत र दक्षिण कोरियामा ‘प्रिमियर’ समेत गरिएको थियो । उक्त स्थानबाट समेत कप्तान सुब्बाको घर निर्माण गर्न राम्रो रकम सङ्कलन भएको छ । यद्यपि निर्माण पक्षले आधाकारिक रुपमा फिल्म प्रदर्शनको ५१ औँ दिन पुग्दासम्म कप्तान सुब्बाको घरको बारेमा जानकारी दिने तयारी गरिरहेको जानकारी दिएको छ ।

    निर्देशक चाम्सले निर्माता प्रेमकुमार श्रेष्ठले कप्तान सुब्बा घर तथा जग्गा हेरिरहेको बताए । उनले भने,‘हामी अहिले विभिन्न स्थान जग्गा तथा घर हेर्ने काम गरिरहेका छौँ । कप्तान सुब्बालाई अनुकुल हुने स्थानमा जग्गा हेरिरहेका छौँ । ५१ औँ दिन पुगेको उपलक्ष्यमा कप्तान सुब्बाको बारेमा जानकारी दिन हामी प्रयासरत छौँ ।’

    उनले कप्तान सुब्बाले एकेडेमी शैलीमा घर बनाउने इच्छा जाहेर गरेकाले त्यहि प्रकृतिको घर पाइएमा घर नै लिने नत्र जग्गा किनेर घर बनाउने बताए । कप्तान सुब्बाले आफू जस्तै खेल प्रति समर्पितलाई सहायोग गर्न पाइओस् भन्ने इच्छा मिडियामा व्यक्त गरिसकेकी छिन् । फिल्म ‘अञ्जिला’ ले देशभर २५ शोज पाएको छ ।

    यसमा कप्तान सुब्बासँगै दयाहाङ राई, माओत्से गुरुङ, सिर्जना सुब्बा, विजय बराल लगायतका कलाकारले अभिनय गरेका छन् ।

    Post Views: 317
    • ANJILA
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    • Milan Chams
    प्रकाशित मिति: २०८२ बैशाख १२, शुक्रबार ०९:४१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.