कलाशैली संवाददाता । कलाकारहरू बेलाबखतमा आफ्ना अभिव्यक्तिका कारण विवादमा तानिने गरेका छन् । केही समय अगाडि गायक तथा अभिनेता प्रकाश सपूतले प्रधानमन्त्री केपी शर्मा ओलीको खुलेर प्रसंसा गरे । फलत: सामाजिक सञ्जालमा प्रकाश गीतसङ्गीतसँगै फिल्म पनि बहिस्कार गर्ने ट्रेण्ड नै चल्यो ।
पछिल्लो समय विवादमा तानिएकी छिन्, सुरक्षा पन्त । एक अन्तरवार्तामा उनले पूर्वराजाका नाति हृदयन्द्र शाहलाई खिसिट्यूरी गरेपछि राजावादी तप्का उनीविरुद्ध खनिएको छ ।
पूर्व नवयुवराज हृदयन्द्रको तस्विर देखाएर उनको विषयमा टिप्पणी गर्न लगाइएपछि सुरक्षाले ‘पारसको छोरो होइन ?’ भन्दै कमेन्ट गरिन् । उनले हृदयन्द्रलाई फिल्म खेल्न सुझाव दिएपछि राजावादीहरु भड्किएका हुन् । फिल्मको प्रचार गर्न गएकी सुरक्षाले विवादमा तानिएको आभाष भएपछि राजनीतिज्ञको विषयमा नबोल्ने बताएकी छिन् ।
हालै उनको फिल्म ‘खेल’ को प्रिमियर गरिएको थियो । जहाँ सञ्चारकर्मीले उनलाई विवादमा तानिएको विषयमा जिज्ञासा राखे । तर, सुरक्षाले बोलिनन् । उनले केवल ‘नो पोलिटिकल क्वेस्चन प्लिज’ मात्र दोहोर्याइन । आफ्नो अभिव्यक्तिले फिल्मलाई असर पर्ने देखिएपछि सुरक्षाले आफ्नो बिचार पनि राख्न सकिनन् ।