• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

भारतमा पाकिस्तानी कलाकार, गायक र प्राविधिकहरूमाथि प्रतिबन्ध

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ११, बिहीबार २३:०९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । अप्रिल २२ मा भारतको कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलापछि भारत-पाकिस्तान सम्बन्ध फेरि तनावग्रस्त बनेको छ ।हमलामा पाकिस्तानी आतंकवादीको संलग्नता रहेको दाबी गर्दै भारतले पाकिस्तानविरुद्ध कडा प्रतिक्रिया जनाएको छ । यस घटनापछि भारतमा काम गरिरहेका पाकिस्तानी कलाकारहरू पनि विवादको घेरामा परेका छन् । भारतीय फिल्म फेडरेसन (एफडब्लूआईसीई) ले पाकिस्तानी कलाकार, गायक र प्राविधिकहरूमाथि प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक गरेको छ ।

    एफडब्लूआईसीईका प्रमुख सल्लाहकार अशोक पण्डितले बुधबार जारी गरेको विज्ञप्तिमा अब कुनै पनि भारतीय कलाकार वा निर्माताले पाकिस्तानी कलाकारहरूसँग सहकार्य गर्न नपाउने स्पष्ट पारिएको छ । यस निर्णयको असर बलिउडमा पुनः फर्कने तयारीमा रहेका पाकिस्तानी अभिनेता फवाद खानमाथि पनि पर्नेछ । ‘अबीर गुलाल’ मार्फत बलिउडमा पुनः इन्ट्रीको तयारीमा रहेका खानले पहलगाम हमलाको विरोध जनाउँदै पीडितप्रति समवेदना व्यक्त गरेका छन् ।

    उता, भारतमा निकै लोकप्रिय पाकिस्तानी अभिनेत्री हानिया आमिरले पनि सामाजिक सञ्जालमार्फत पीडितहरूप्रति सहानुभूति जनाएकी छन् । यद्यपि यी दुईको आउन लागेको फिल्मलाई प्रत्यक्ष असर पर्ने छ । भारतले पटक-पटक आतंकवादी हमलामा पाकिस्तानको संलग्नता रहेको भन्दै यस्ता कडा कदम चाल्दै आएको छ । पछिल्लो घटनासँगै द्विपक्षीय सांस्कृतिक सम्बन्धमा थप खटपट आएको देखिएको छ ।

    Post Views: 345
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    प्रकाशित मिति: २०८२ बैशाख ११, बिहीबार २३:०९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.