• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

फवादको बलिउड पुनरागमन प्रभावित

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ११, बिहीबार १३:२९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । अप्रिल २२ मा भारतको कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी आक्रमणमा एक नेपाली नागरिकसहित २८ जनाको ज्यान गएको छ । घटनापछि भारतले पाकिस्तानमाथि आरोप लगाउँदै कडा प्रतिक्रिया जनाएको छ, जसमा पाकिस्तानी कलाकारहरूमाथि पुनः प्रतिबन्ध लगाउने निर्णयसमेत समावेश छ ।

    भारतीय सुरक्षाका अनुसार आक्रमणमा केही पाकिस्तानी आतंककारीहरू संलग्न रहेको दाबी गरिएको छ । घटनापछि भारतले पाकिस्तानविरुद्ध कूटनीतिक रूपमा कडा कदम चालेको छ भने बलिउड पनि सक्रिय रूपमा यसको असरमा आएको छ ।

    यसैबीच, बलिउडमा पुनरागमनको तयारीमा रहेका पाकिस्तानी अभिनेता फवाद खानले पहलगाम घटनाप्रति दुःख व्यक्त गर्दै एक पोस्टमार्फत लेखेका छन् । ‘यस जघन्य आक्रमणको खबरले म निकै दुखी छु । पीडितप्रति गहिरो समवेदना छ र शोकसन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने प्रार्थना गर्दछु’, उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

    फवाद अभिनीत बलिउड फिल्म ‘अबीर गुलाल’ आगामी मे ९ मा प्रदर्शनमा आउन लागेको छ । फिल्ममा वाणी कपूर पनि मुख्य भूमिकामा छिन् । तर अब यो फिल्म विवादमा तानिएको छ ।

    फिल्म वर्कर्स फेडरेशन अफ इन्डिया (FWICE) का प्रमुख सल्लाहकार अशोक पण्डितले बुधबार पाकिस्तानी कलाकारहरूलाई पुनः प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । उनले जारी गरेको विज्ञप्तिमा अब भारतीय फिल्म उद्योगमा पाकिस्तानी कलाकार, गायक वा प्राविधिकसँग कुनै पनि रूपमा सहकार्य नगर्ने स्पष्ट गरिएको छ ।

    भारतको यो निर्णयसँगै फवाद खानको बलिउड पुनरागमन प्रभावित हुने देखिएको छ । ‘अबीर गुलाल’ अब प्रतिबन्धको घेरामा पर्ने सम्भावना बलियो बनेको छ ।

    Post Views: 191
    • Fawad Khan
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    प्रकाशित मिति: २०८२ बैशाख ११, बिहीबार १३:२९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.