• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘रुकुम मैकोट’ जोडी पुनः एकसाथ

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १०, बुधबार २३:२१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । फिल्म ‘खुस्मा’मा समावेश गीत ‘रुकुम मैकोट’ मा फिचर्ड जोडी धिरज मगर र उपासना सिंह ठकुरी फिल्म ‘जलाकी’ मा देखिने भएका छन् । कसैको सम्झना र मायाको प्रतिकको रुपमा मानिने ‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिक ढुंगाले चिनेको स्तम्भलाई बुझाउँछ । अशोक थापा मगरको निर्देशनमा बन्ने फिल्ममा अभिनेता धिरजको प्रवेश भएसँगै उनीहरूले दोस्रो पटक सहकार्य गर्न लागेका हुन्।

    फिल्मको पहिलो चरणको छायांकन केही दिनअघि बागलुङको कालिका मन्दिरबाट सुरु भई सकिएको निर्माण टिमले जानकारी दिएको छ । निर्देशक अशोकका अनुसार धिरज मगरले दोस्रो चरणको छायांकन सुरु भएपछि फिल्मको सेट जोइन गर्ने छन् ।

    त्रिकोणात्मक प्रेम कथामा आधारित यो फिल्ममा धिरजसँगै सोनम तोप्देन, उपासना सिंह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारीको मुख्य भूमिका रहनेछ। मोडल आकृति राजभण्डारीको यो डेब्यु फिल्म हो । फिल्म तीन चरणमा रुकुम, म्याग्दी, बागलुङ, पोखरा र दक्षिण कोरियाका विभिन्न स्थानहरूमा फिल्म खिचिनेछ । फिल्मले मगर र गुरुङ समुदायको संस्कृति झल्काउने बताइएको छ ।

    जलाकी एम मिडिया प्रालीको व्यानरमा निर्माण भइरहेको छ। फिल्मका निर्मातामा ओम घर्तीमगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । फिल्ममा माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारको पनि अभिनय रहनेछ । फिल्मको छायांकन शैलेन्द्र डी काकीले गरिरहेका छन् ।

    Post Views: 344
    • Dheeraj Magar
    • Jalaki
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    • Upasana Singh Thakuri
    प्रकाशित मिति: २०८२ बैशाख १०, बुधबार २३:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.