• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai Dinesh Dc Bipin Karki saugat malla Rajesh Hamal Miruna Magar Film Development Board Nepal Kala Saili Gallery

‘पाँच पाण्डव’ मा को-को हुनेछन् कलाकार ?

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १०, बुधबार १२:५२ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । निर्देशक वसन्त निरौलाले नयाँ फिल्म ‘पाँच पाण्डव’ निर्देशन गर्ने भएका छन् । काली रानी फिल्म्समार्फत निर्माण हुने फिल्मलाई ‘लाज शरणम्’का निर्माता नवीन श्रेष्ठले निर्माण गर्नेछन् । यसमा टेली सिरियलमा रुचाइएको जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई कलाकारका रुपमा तय गरेका छन् ।

    यसका साथै नाम अनुसार फिल्ममा पाँच पात्र प्रमुख भूमिकामा रहने बुझिएको छ । निर्देशक निरौलाले बनाएको सोच अनुसार फिल्म निर्माण भएमा यो वर्षकै ठूलो फिल्म बन्ने छ,’पाँच पाण्डव’ । निर्देशक निरौलाले अहिले पटकथा लेख्नकै क्रम रहेको बताए ।

    ‘हामीले यही वर्ष छायांकन गरेर प्रदर्शन गर्ने सोच बनाएका छौँ । यो फिल्म मेरा लागि अवसर र चुनौती दुवै हो । यसलाई मैले निर्देशन करिअरकै महत्वाकांक्षी प्रोजेक्टको रुपमा लिएको छु’, निर्देशक निरौलाले भने ।

    उनले पटकथा लेख्नकै क्रम र केही कलाकारसँग मौखिक संवाद भइरहेकाले अन्य कलाकारको बारेमा जानकारी दिन नमिल्ने बताए । साढे तीन करोड हाराहारीको लागतमा फिल्म बन्ने तय गरिएको भएता पनि यसमा रहने कलाकार अनुसारको यसको बजेट तय हुने निर्देशक निरौलाको भनाइ छ । निर्देशक निरौला ‘पाँच पाण्डव’ बनाउन कसिएपछि गत मङ्सिरमा घोषणा भएको उनको अर्को फिल्म ‘दशमी’ के होला भन्ने प्रश्न उब्जिएको छ । निर्देशक निरौला दुवै फिल्म पालैपालो बन्ने बताउछन् ।

    ‘फिल्मको कथा अनुसार कुन अगाडि वा पछाडि बन्छ भनेर तय हुन्छ तर दशमी बन्छ नै’, उनले भने । गत वर्षको फूलपातीमा उनको निर्देशनमा बनेको फिल्म ‘ज्वाइँ साब’ प्रदर्शन भएको थियो ।

    Post Views: 286
    • Basanta Niraula
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    • Paach Pandav
    प्रकाशित मिति: २०८२ बैशाख १०, बुधबार १२:५२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कस्तो छ ‘ऊनको स्वीटर’को पहिलो साताको व्यापार ?
    ‘सिनेपा:’ स्टुडियो निर्माणको औपचारिक सुरुवात
    राज र सनिषाको संवाद चर्चामा
    Advertisement
    ताजा अपडेट
    • १. सहकारी ठगीको मार्मिक कथामा ‘महाभोज’

    • २. नोरा फतेहीको काठमाडौंमा भव्य प्रस्तुति (फोटो फिचर)

    • ३. ‘फाइनल डेस्टिनेसन: ब्लडलाइन्स’ : मर्नकै निमित्त जन्म !

    • ४. टेलर स्विफ्ट, ब्रुस स्प्रिङ्स्टिन र सर्वोच्च अदालतप्रति ट्रम्पको आक्रोश

    • ५. नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

    चर्चित
    • १. कुसुमले गरिन् टिकाटालो

    • २. बोर्डको सेवा अब अनलाइनमै, ३० सेवा घरमै बसेर पाउन सकिने

    • ३. बोर्डमा सदस्य बने विरेन्द्र

    • ४. ‘झुठा प्रशंसा हुन्छ’ भन्ने दीपेन्द्रले कीन गरे प्रीमियर ?

    • ५. नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.