• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘दर्शकलाई इरिटेड गरेर फिल्मकर्मी खुसी हुदैनन्’

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १०, बुधबार १२:२९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । फिल्म प्रदर्शन भएपछि निर्माण समूह कलाकार लिएर हलमा पुगेर रिभ्यू गर्ने क्रम बढिरहेको छ । फिल्म हेर्न आएका दर्शकले दिएको रिभ्यू वा कलाकारसँग खिचेको तस्बिरले सामजिक सञ्जालमार्फत प्रचारप्रसार गरिदिने आश निर्माताको हुन्छ । त्यसकारण कलाकारसहित हल पुग्ने क्रम पछिल्लो समय बढिरहेको छ ।

    प्रचारप्रसारकै पार्टका रुपमा लिईएकोले प्रदर्शकले पनि कलाकार र मिडियालाई हल भित्र ‘इन्ट्री’ दिएका छन् । तर, पछिल्लो फिल्म ‘कर्मा’ को रिभ्यू लिने क्रममा एक दर्शकले गोपनीयता हनन् भएको भन्दै आक्रोश पोखे । उनले क्यामेरा हल भित्र नल्याउन चेतावनी नै दिए । त्यसपछि हल भित्र क्यामेरा लाने की नलाने भन्ने विषय बहसमा छ ।

    यस विषयमा अभिनेता, निर्माता तथा निर्देशक निश्चल बस्नेतले आफ्नो धारणा व्यक्त गरेका छन् । उनले दर्शकलाई भेट्न कलाकार जानु गलत नरहेता पनि गोपनीयताका बारेमा सचेत हुनु जरुरी रहेको बताए ।

    उनले भने,’हामी खुसी भएका दर्शकलाई भेटेर हाम्रो बारेमा गरिएका समीक्षा धेरै ठाउँमा पुगोस् भनेर हलमा पुग्ने गरेका छौँ । यदी हाम्रो त्यहि कुराले दर्शकलाई असर गरेको छ भने हामी सचेत हुनुपर्छ, किनकि दर्शकलाई इरिटेड गरेर हामी फिल्मकर्मी खुसी हुन् सक्दैनौँ ।’

    उनले कलाकारसँगै हलमा पुग्ने क्यामेराका कारण दर्शक रिसाएको हुन् सक्ने विचार व्यक्त गरे । उनले पहिलो फिल्म ‘लूट’ कै समयमा आफुसहित अभिनेताद्वय सौगात मल र दयाहाङ राई काठमाडौँका विभिन्न हल पुगेर दर्शक भेटेर प्रतिक्रिया लिएको स्मरण गरे ।

    ‘हामी लूट प्रदर्शन भएपछि धेरै हलमा पुगेका थियौँ, तर त्यो बेला क्यामेरा थिएन । विस्तारै यो पब्लिसिटीकै पार्ट बन्यो, त्यसकारण केही प्रश्न उठेका छन् । दर्शकले प्रश्न उठाउनु भएको हो भने हामी सच्चिनुको विकल्प छैन’, निर्देशक बस्नेतले भने ।

    हलमा मिडिया ल्याएर खिचिरहेको प्रति प्रदर्शकले पनि चित्त बुझाएका छैनन् । तर, फिल्म निर्माताले यसलाई पब्लिसिटीको ‘पार्ट’ भनेपछि प्रदर्शक नाई भन्न सकिरहेका छैनन् ।

    प्रदर्शक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले यस विषयमा प्रदर्शकहरू बीच सल्लाह भइरहेको बताए । उनले भने,‘दर्शकको गुनासो हामीले पनि सुनिरहेका छौँ । निर्माण पक्षले पब्लिसिटी भनेपछि हामीले पनि हलमा खिच्न दिएका हौँ । दर्शक पनि कलाकार भेट्दा खुसी नै भएको पाएका छौँ । अब यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्दैछौं ।’

    उनले प्रदर्शकहरू दर्शकको गोपनियताका अधिकार प्रति निक सजग रहेकोमा जोड दिए । केही समय यता फिल्म प्रिमियरमा सेलिब्रेटीले दिने प्रतिक्रिया भन्दा सार्वजनिक प्रदर्शनमा फिल्म हेरेका दर्शकले दिने प्रतिक्रिया प्रभाकारी हुने देखिएपछि निर्माता तथा निर्देशक मिडियाकर्मी, भिडिओग्राफर लिएर हल पुग्ने गरेका छन् ।

    Post Views: 306
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    • Narendra Maharjan
    • Nischal Basnet
    प्रकाशित मिति: २०८२ बैशाख १०, बुधबार १२:२९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.