• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

रियल स्टेट ठगी प्रकरणमा जोडिए महेश बाबु

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ९, मंगलवार २३:२२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । दक्षिण भारतीय सुपरस्टार महेश बाबुलाई भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले समन पठाएको छ । हैदराबादस्थित रियल इस्टेट फर्म साई सूर्य डेभलपर्स र सुराणा ग्रुपसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) प्रकरणमा उनको नाम जोडिएपछि उनलाई अप्रिल २७ मा ईडी कार्यालयमा उपस्थित हुन भनिएको हो ।

    महेश बाबु सो प्रकरणमा ग्रिन मीडोजका ब्रान्ड एम्बेसडरको भूमिकामा रहेको र उनले सोही अवधिमा नगद भुक्तानीमार्फत सेवा उपलब्ध गराएको भन्दै ईडीले आशंका व्यक्त गरेको छ । उक्त नगद कारोबार मार्फत कालो धन सेतो बनाइएको हुनसक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ । यसअघि ईडीले साई सूर्य डेभलपर्स र सुराणा ग्रुपसँग सम्बन्धित कयौँ स्थानमा छापा मारेको थियो । साई सूर्यमाथि ठगी र अवैध लगानी संकलनको आरोप लागेको छ भने कम्पनीका मालिक सतीश चन्द्र गुप्तामाथि विशेष निगरानी राखिएको छ ।

    तेलंगाना प्रहरीले भाग्यनगर प्रोपर्टीज लिमिटेडका निर्देशक नरेन्द्र सुराणा र साई सूर्य डेभलपर्सका प्रमुख सतीश चन्द्र गुप्तासहित अन्य विरुद्ध ठगीसम्बन्धी एफआईआर दर्ता गरेपछि ईडीले अनुसन्धान अघि बढाएको हो । महेश बाबु हाल तेलुगु फिल्म ‘एसएसएमबी २९’ को छायाङ्कनमा व्यस्त छन् । उक्त फिल्ममा उनी बलिउड अभिनेत्री प्रियङ्का चोपडासँग पहिलो पटक स्क्रीन शेयर गर्दै छन् । एसएस राजामौली को निर्देशनमा तयार हुँदै गरेको यो फिल्ममा पृथ्वीराज सुकुमारन पनि मुख्य भूमिकामा रहेका छन् ।

    Post Views: 461
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    • Mahesh Babu
    • SS Rajamouli
    प्रकाशित मिति: २०८२ बैशाख ९, मंगलवार २३:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.