• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘खेल’ बाट आशावादी समापिका

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ८, सोमबार १५:०६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । कलाकारका लागि फिल्मी उडान भर्न पछिल्ला वर्ष रंगमञ्च गतिलो ट्रान्जिट भईरहेको छ । अभिनयमा निखारता ल्याउनका लागि केही समय थिएटरमा संघर्ष गर्ने, क्षमता देखाउने र गतिलो प्रोजेक्ट छनौट गरी फिल्ममा हाम फाल्ने प्रक्रिया अहिले नियमित जस्तो छ । रंगमञ्चबाटै फिल्ममा पनि सफल हुनेको ताँती अब केवल दयाहाङ राई वा सौगात मल्लमा मात्रै अड्किरहनु पर्दैन, पछिल्लो पुस्ताकै विजय बराल, नाजिर हुसेन, विपिन कार्कीहरुको पनि जबरजस्त उपस्थिती देखिएको छ । कलाकार बन्न चाहने धेरैका लागि दया, सौगात, विजय वा सरिता गिरी, पशुपति राई आदर्श हुन् भने रंगमञ्च प्लाटफर्म ।

    सानैदेखि नै कलाकार बन्ने हुटहुटी बोकेर रंगमञ्च छिरेकी थिइन्, समापिका गौतम पनि । काठमाडौंको शैली थिएटरबाट कला यात्रा थालेकी समापिकाले झन्डै नौ वर्षको अवधिमा ‘कुरीकुरी’, ‘माधवी’, ‘चिसो भञ्ज्याङ’, ‘थ्री सिस्टर्स’, ‘द लिटल स्कूल’ जस्ता नाटकमार्फत् आफ्नो कला क्षमता देखाईसकेकी छन् । यतिबेला भने उनी ‘खेल’ मार्फत् फिल्ममा डेब्यू गर्दैछिन् ।

    सस्पेन्स थ्रिलर जनराको नेपाली फिल्म ‘खेल’ आगामी शुक्रबार वैशाख १२ देखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । नेपाली लोककथा, परम्परा, अध्यात्म र थ्रिलरको सम्मिश्रणमा आधारित यस फिल्ममा अध्ययनका लागि काठमाडौंको होस्टेलमा बसेका केही साथीसँग सम्बन्धित कथा प्रस्तुत गरिएको छ । फिल्ममा समापिकाले ईशा नामकी एक युवतीको भूमिका निर्वाह गरेकी छन् ।

    समापिका ‘खेल’लाई आफ्नो अभिनय यात्राको महत्वपूर्ण मोड मान्छिन् । ‘मैले पर्दामा धेरै कलाकारलाई देख्दै हुर्किएकी हुँ । अब आफैंलाई त्यो पर्दामा देख्न पाउने भएपछि यसको अनुभूति शब्दमा भन्न गाह्रो छ’ समापिका भन्छिन् । पत्रकारिताकी विद्यार्थीसमेत रहेकी समापिकाले २०७६ मा आमसंचार तथा पत्रककारिताको स्नातक तहमा सर्वाधिक अंक समेत ल्याएकी थिइन् । अध्ययन र रंगमञ्चमा आफुलाई खरो उतारिसकेकी उनी फिल्ममा कत्तिको खरो उत्रने हुन्, वैशाख १२ पछि नतिजा आउने नै छ ।

    अनुराग प्रधान र आस्था श्रेष्ठद्वारा निर्देशित ‘खेल’ सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण भएको हो । लुइसराज महर्जन र आशिषराज महर्जन निर्माता रहेको यो चलचित्रमा सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटाको पनि अभिनय रहेको छ ।

    Post Views: 360
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    • Sampika Gautam
    प्रकाशित मिति: २०८२ बैशाख ८, सोमबार १५:०६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.