• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

यी हुन् २०८१ न्यून व्यापार गर्ने फिल्म

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ७, आईतवार १४:४३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । गत वर्ष फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले इतिहास रच्दा केही फिल्मले भने सामान्य व्यापार पनि गर्न सकेनन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’(बक्स अफिस)’ मा रहेको तथ्याङ्कअनुसार वर्ष २०८१ मा ६२ नेपाली चलचित्र प्रदर्शन भए ।

    गत साउन १८ गते प्रदर्शन भएको फिल्म ‘शीरफूल’ ले ८९ वटा टिकट बिक्रीबापत रु १८ हजार ५०० को मात्र कारोबार गरेको छ । यस्तै, फागुन ११ गते प्रदर्शन भएको फिल्म ‘ख्या वोला’ले ९२ टिकटबिक्री गरेबापत रु २७ हजार ६००, सोही मितिमा प्रदर्शन भएको फिल्म ‘गाले वाना’ को ७२ टिकट बिक्रीबापत रु २१ हजार ६००, मात्रै कमाएको छ ।

    यस्तै, माघ ४ गते प्रदर्शन भएको फिल्म ‘एक्टर’ को १ सय २१ टिकट बिक्री भएबापत रु ३३ हजार २८५ र असोज ११ गते प्रदर्शन भएको ‘आँखा’ ले २६२ टिकट बिक्री भएबापत रु ९२ हजार ५२५ को व्यापार (ग्रस) गरेको छ ।

    उक्त व्यापारमा मूल्य अभिवृद्धि करबापत १३ प्रतिशत र मनोरञ्जन करबापत पाँच प्रतिशत तिरिएको रकम कट्टा गरेर प्रदर्शक र निर्माताले आधाआधा रकम पाउने गर्छन । उक्त रकममा वितरकले पाउने तय गरिएको रकम प्राप्त गरेपछि मात्र निर्माताले आफ्नो हिस्सा पाउने गर्छन् । तसर्थ उल्लेखित फिल्मले गरेको व्यापारबाट निर्माताले पाउने रकम निकै न्यून हुन्छ ।

    विशेषत अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा अब्बल सावित भएका फिल्मले घरेलु बजारमा दर्शक पाउन सकेनन् । ‘शाम्बाला’ र ‘राजागञ्ज’ फिल्मको व्यापार नहुनु दुःखद् रहेको फिल्मकर्मीको बुझाइ छ । उल्लेखित दुईको तुलनामा ‘घाउँ आएको बाटोले’ राम्रो व्यापार गरेको थियो । गत वर्ष प्रदर्शन भएको फिल्म ‘शाम्बाला’ ले रु दुई करोड १२ लाख २२ हजार ३ सय २५ र ‘राजागञ्ज’ ले रु १६ लाख २१ हजार ८ सय ८१ को व्यापार (ग्रस) मात्र गरेको छ ।

    Post Views: 356
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    प्रकाशित मिति: २०८२ बैशाख ७, आईतवार १४:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.