• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai Bipin Karki saugat malla Dinesh Dc Miruna Magar Rajesh Hamal Kala Saili Gallery Film Development Board Nepal

यी हुन् २०८१ न्यून व्यापार गर्ने फिल्म

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ७, आईतवार १४:४३ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । गत वर्ष फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले इतिहास रच्दा केही फिल्मले भने सामान्य व्यापार पनि गर्न सकेनन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’(बक्स अफिस)’ मा रहेको तथ्याङ्कअनुसार वर्ष २०८१ मा ६२ नेपाली चलचित्र प्रदर्शन भए ।

    गत साउन १८ गते प्रदर्शन भएको फिल्म ‘शीरफूल’ ले ८९ वटा टिकट बिक्रीबापत रु १८ हजार ५०० को मात्र कारोबार गरेको छ । यस्तै, फागुन ११ गते प्रदर्शन भएको फिल्म ‘ख्या वोला’ले ९२ टिकटबिक्री गरेबापत रु २७ हजार ६००, सोही मितिमा प्रदर्शन भएको फिल्म ‘गाले वाना’ को ७२ टिकट बिक्रीबापत रु २१ हजार ६००, मात्रै कमाएको छ ।

    यस्तै, माघ ४ गते प्रदर्शन भएको फिल्म ‘एक्टर’ को १ सय २१ टिकट बिक्री भएबापत रु ३३ हजार २८५ र असोज ११ गते प्रदर्शन भएको ‘आँखा’ ले २६२ टिकट बिक्री भएबापत रु ९२ हजार ५२५ को व्यापार (ग्रस) गरेको छ ।

    उक्त व्यापारमा मूल्य अभिवृद्धि करबापत १३ प्रतिशत र मनोरञ्जन करबापत पाँच प्रतिशत तिरिएको रकम कट्टा गरेर प्रदर्शक र निर्माताले आधाआधा रकम पाउने गर्छन । उक्त रकममा वितरकले पाउने तय गरिएको रकम प्राप्त गरेपछि मात्र निर्माताले आफ्नो हिस्सा पाउने गर्छन् । तसर्थ उल्लेखित फिल्मले गरेको व्यापारबाट निर्माताले पाउने रकम निकै न्यून हुन्छ ।

    विशेषत अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा अब्बल सावित भएका फिल्मले घरेलु बजारमा दर्शक पाउन सकेनन् । ‘शाम्बाला’ र ‘राजागञ्ज’ फिल्मको व्यापार नहुनु दुःखद् रहेको फिल्मकर्मीको बुझाइ छ । उल्लेखित दुईको तुलनामा ‘घाउँ आएको बाटोले’ राम्रो व्यापार गरेको थियो । गत वर्ष प्रदर्शन भएको फिल्म ‘शाम्बाला’ ले रु दुई करोड १२ लाख २२ हजार ३ सय २५ र ‘राजागञ्ज’ ले रु १६ लाख २१ हजार ८ सय ८१ को व्यापार (ग्रस) मात्र गरेको छ ।

    Post Views: 163
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    प्रकाशित मिति: २०८२ बैशाख ७, आईतवार १४:४३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘ऊनको स्वीटर’ : ९ दिनमा ५ करोड २० लाख ग्रस व्यापार
    ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत चर्चामा गौरव
    सहकारी ठगीको मार्मिक कथामा ‘महाभोज’
    Advertisement
    ताजा अपडेट
    • १. ‘ऊनको स्वीटर’ : ९ दिनमा ५ करोड २० लाख ग्रस व्यापार

    • २. ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत चर्चामा गौरव

    • ३. सहकारी ठगीको मार्मिक कथामा ‘महाभोज’

    • ४. नोरा फतेहीको काठमाडौंमा भव्य प्रस्तुति (फोटो फिचर)

    • ५. ‘फाइनल डेस्टिनेसन: ब्लडलाइन्स’ : मर्नकै निमित्त जन्म !

    चर्चित
    • १. कुसुमले गरिन् टिकाटालो

    • २. बोर्डको सेवा अब अनलाइनमै, ३० सेवा घरमै बसेर पाउन सकिने

    • ३. बोर्डमा सदस्य बने विरेन्द्र

    • ४. ‘झुठा प्रशंसा हुन्छ’ भन्ने दीपेन्द्रले कीन गरे प्रीमियर ?

    • ५. नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.