कलाशैली संवाददाता । अभिनेता आदित्य बुढाथोकीले फिल्म ‘लाजनीति’ निर्देशन गर्ने भएका छन् । ‘नेपथ्य’, ‘हे युवा’ जस्ता फिल्ममा अभिनय गरिसकेका अभिनेता बुढाथोकीले केही समय यता म्युजिक भिडियो निर्देशन तथा अभिनय गरिरहेका थिए । उनकै लेखन रहने फिल्म सदीक्षा फिल्म्सको व्यानारमा निर्माण हुनेछ ।
निर्देश बुढाथोकीले नेपाली राजनीतिलाई व्यङ्ग्य गर्ने कथ्वास्तु फिल्ममा समेटिएको बताए । उनले भने,‘अहिले राजनीतिमा देखिएको विषयलाई फिल्ममा व्यङ्ग्य गरिने छ । यसको अहिले लेखन कार्य भइरहेको छ । छिटै यसमा जोडिने कलाकार र अन्य प्राविधिकको विषयमा जानकारी दिने छौँ ।’
उनले फिल्मको छायांकन आगामी भदौदेखि सुरू गरिने जानकारी दिए ।