कलाशैली संवाददाता । पूर्व मिस नेपाल अस्मी श्रेष्ठले सोमबार प्रेमी सशांकलाल श्रेष्ठसँग विवाह गर्न लागेकी छन् । विवाहको पूर्वसन्ध्यामा बिहीबारबाटै वैवाहिक कार्यक्रमहरू सुरु भइसकेका छन् । बिहीबार अस्मी र सशांकको मेहेन्दी समारोह सम्पन्न भएको छ, जहाँ उनीहरू आकर्षक पहिरनमा निकै रोमाञ्चित र प्रफुल्ल देखिएका छन् ।
अस्मी र सशांक केही वर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरूबीच २०८० साल पुस २० गते अमेरिकाको न्यूयोर्कमा इन्गेजमेन्ट भएको थियो ।