• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘केसरी च्याप्टर-२’ ले दियो अक्षयलाई राहत

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ६, शनिबार १४:३५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘केसरी च्याप्टर-२’ ले रिलिज भएको पहिलो दिनमै बक्स अफिसमा गरेको कमाइले निर्माता तथा अभिनेता दुवैका लागि राहतको सास ल्याएको छ। पछिल्लो केही समयदेखि सफलताबाट टाढा रहेका अक्षय कुमारका लागि यो फिल्मले आशाको किरण देखाएको छ ।

    सन् २०१९ मा रिलिज भएको ‘केसरी’ ले दर्शकमाझ देशभक्तिको भावनालाई उजागर गर्दै निकै राम्रो समीक्षात्मक र व्यापारिक सफलता प्राप्त गरेको थियो । त्यसैको नामलाई निरन्तरता दिदै ‘केसरी-२’ मा एक नयाँ वीर गाथा प्रस्तुत गरिएको छ, जसले दर्शक तथा समीक्षक दुवैबाट प्रशंसा बटुल्ने विश्वास निर्माण पक्षको छ ।

    फिल्मको सुरुवाती व्यापार पनि आशाजनक देखिएको छ । यसले पहिलो दिनमा मात्र भारतीय बजारमा करिब ७.५० करोड भारतीय रुपैयाँको कमाई गरेको छ । यद्यपि यो कमाई अक्षयको अर्को फिल्म स्काई फोर्स (१५ करोड) को ओपनिङभन्दा कम हो, तर समग्रमा हेर्दा यो रकम हालै रिलिज भएका अन्य फिल्महरूसँग तुलना गर्दा निकै राम्रो मानिएको छ । जसले गर्दा यसले आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

    Post Views: 186
    • Askhya Kumar
    • Box Office
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    • Kesari
    • Kesari 2
    प्रकाशित मिति: २०८२ बैशाख ६, शनिबार १४:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.