कलाशैली संवाददाता । भारतीय अभिनेता ऋतिक रोशनले फिल्म ‘कृष् ४’ निर्देशन गर्दैछन् । फिल्मको अघिल्ला सिरिजमा प्रियंका चोपडा देखिएकी छिन् । त्यसो त ‘कृष् ३’ मा कंगना रनौत भिलेनको भूमिकामा देखिएकी थिइन् । आउँदो सिरिजमा दीपिका पादुकोणले नकारात्मक भूमिका निर्वाह गर्न सक्ने चर्चा भारतीय मिडियामा छ ।
ऋतिकसँग फाइटरमा देखिएकी दीपिकालाई उक्त भूमिका अफर गरेको खबर छ । एरियल एक्सनमा आधारित फिल्म ‘फाइटर’ मा दुवैले एअरफोर्स अफिसरको भूमिका निर्वाह गरेका थिए । दर्शकले यो जोडीलाई हेर्न पुनः चाहेको सामाजिक सञ्जालमा उल्लेख गर्ने गरेका छन् । यसकारण ऋतिकले दीपिकालाई महत्वपूर्ण भूमिकामा रोजेका छन् । यद्यपि यसबारे आधिकारिक रुपमा केही घोषणा गरिएको छैन ।





