कलाशैली संवाददाता । गायक सत्यराज आचार्यले फिल्म निर्माण गर्ने भएका छन् । फिल्म ‘आचार्य’ र ‘साढे सात’ पश्चात् सत्यस्वरूप इन्टरटेनमेन्टको ब्यानरमा फिल्म ‘मिटर व्याज’ बन्ने भएको छ । सत्यले फिल्म चलचित्र विकास बोर्डमा दर्ता गराएका छन् । उनले यस फिल्मको विषयमा विस्तृत जानकारी भने दिएका छैनन् ।
कलाशैलीको जिज्ञाशामा उनले फिल्मको विषयमा प्रतिक्रिया भने दिन चाहेनन् । तर, उनले फिल्म निर्माणका लागि इजाजत लिएको तथ्यांक भने बोर्डमा देखिएको छ । फिल्ममा सत्यराज बाहेक अन्य कलाकार, प्राविधिक को हुनेछन् भन्ने विषयमा केही उल्लेख गरिएको छैन । सत्यले अभिनय गरेको बुबा भक्तराजको जीवनीमा आधारित फिल्म ‘आचार्य’ गएको वर्ष रि–रिलिजसमेत गरिएको थियो । उनी अभिनित ‘कर्कश’ व्यवसायिकरूपमा सफल मानिएको थियो ।