• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

श्रीनगरमा ३८ वर्षपछि रेड कार्पेट प्रिमियर हुँदै

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ५, शुक्रबार १२:२१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । एक्शन थ्रिलर फिल्म ‘ग्राउण्ड जिरो’ ले ३८ वर्षपछि कश्मीरको श्रीनगरमा रेड कार्पेट प्रिमियर गर्दै छ । फिल्मको रेड कार्पेट प्रिमियर अप्रिल १८ अर्थात् आज श्रीनगरमा हुँदैछ, जुन पछिल्लो तीन दशकभन्दा लामो समयपछि श्रीनगरमा आयोजना हुने पहिलो फिल्म प्रिमियर हो । यसअघि त्यहाँ ३८ वर्षसम्म कुनै फिल्मको रेड कार्पेट प्रिमियर आयोजना गरिएको थिएन ।

    यो ऐतिहासिक अवसरमा सीमामा खटिएका भारतीय सुरक्षा बलका जवान र सेनाका अधिकृतहरूलाई फिल्म पहिलोपटक देखाइनेछ । भारतीय मिडियाका अनुसार यो फिल्ममा देशभक्तिपूर्ण विषयवस्तुसँगै देशका सच्चा नायकप्रति श्रद्धाञ्जली अर्पण गरिएकाले श्रीनगरमा प्रिमियर गर्न सकिएको हो ।

    ‘ग्राउण्ड जिरो’ को कथा कश्मीरमै आधारित छ र फिल्मको सम्पूर्ण छायांकन पनि त्यहीँ गरिएको हो । फिल्ममा अभिनेता इमरान हाश्मीले बीएसएफ कमाण्डेन्ट नरेन्द्र नाथ धर दुबेको भूमिका निभाएका छन्, जसले आतंककारी गाजी बाबाको हत्या गर्ने अभियानको नेतृत्व गरेका थिए ।

    गाजी बाबा जैश-ए-मोहम्मदका शीर्ष कमाण्डर थिए र उनलाई सन् २००१ डिसेम्बर १३ मा भारतीय संसदमा भएको आतङ्कवादी आक्रमणको मास्टरमाइन्ड मानिन्छ । दुबेको नेतृत्वमा भएको सो अपरेशनलाई बीएसएफको ५० वर्षको इतिहासमा सबैभन्दा सफल कारबाहीका रूपमा उल्लेख गरिन्छ । तेजस देवस्करद्वारा निर्देशित ‘ग्राउण्ड जिरो’ २५ अप्रिलमा हलहरूमा रिलिज हुँदैछ ।

    फिल्ममा इमरानसँगै साई तम्हणकर, जया हुसैन, मुकेश तिवारी, ललित प्रभाकर, सत्या प्रकाश, पुनित तिवारी, दीपक परमेश, राहुल वोहरा लगायतका कलाकारले अभिनय गरेका छन् ।

    Post Views: 208
    • Emraan Hashmi
    • Ground Zera
    • Imran hamsmi
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    प्रकाशित मिति: २०८२ बैशाख ५, शुक्रबार १२:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.