• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

दर्शकले रुचाएनन् विपीनको एक्सन अवतार

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ४, बिहीबार २३:१४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । सशक्त अभिनय क्षमताका कारण स्थापित अभिनेता विपिन कार्की एक्सन अवतारमा भने दर्शकमाझ प्रभाव जमाउन असफल भएका छन् । उनको पछिल्लो फिल्म ‘कर्मा’ बक्स अफिसमा कमजोर प्रदर्शन गर्दै प्रदर्शनरत छ । सामाजिक यथार्थमा आधारित फिल्म र रङ्मगञ्चमा विपिनले आफूलाई अब्बल सावित गरिसकेका छन् । ‘पशुपति प्रसाद’ मा ‘भष्मे डन’ र ‘जात्रा’ मा ‘फडिन्द्र’ जस्ता भूमिकाले विपिन फिल्मकर्मीसँग दर्शक माँझ परिचित भएका थिए । अभिनयमा जीवन्तता भर्न सक्ने क्षमताका कारण उनी दर्शकका रोजाइमा पर्ने अभिनेता मानिन्छन् ।

    तर पछिल्लो समय विपिनलाई रकमी भएको आरोप लाग्ने गरेको छ । पहिले पात्र मन पराएपछि टिमसँगै फिल्म निर्माणमा सक्रिय हुने उनी अहिले भने आफूले चाहेको पारिश्रमिक पाउने भएपछि मात्र फिल्म साइन गर्ने गरेका छन् । यसले उनको भूमिकाको छनोटमा असर पारेको देखिन्छ ।

    एक्सन हिरोको रूपमा प्रस्तुत गरिएको ‘कर्मा’ ले न दर्शक न समीक्षकलाई चित्त बुझाउन सक्यो । समीक्षकहरूले फिल्मको कथा, निर्देशन र सम्पादनमा कमजोरी औंल्याएका छन् भने विपिनको एक्सन अवतारप्रति पनि खासै उत्साह देखाएका छैनन् । उनका नजिकका फिल्मकर्मी र रङ्गकर्मीहरूले समेत फिल्ममा उल्लेखनीय प्रशंसा नगरेपछि, यो प्रयास अपेक्षा अनुसार सफल नभएको विश्लेषण गरिएको छ ।

    फिल्म ‘कर्मा’ का निर्देशक सौरभ चौधरी यसअघि ‘अगस्त्य: च्याप्टर वान’ बाट एक्सन फिल्म निर्देशनमा आशालाग्दो सम्भावना बोकेका निर्देशकका रूपमा देखिएका थिए । सोही कारण देशभरका हलले फिल्म ‘कर्मा’ लाई प्रारम्भमा झन्डै १ सय २४ शो उपलब्ध गराएका थिए । तर, न अग्रिम बुकिङ राम्रो भयो, न त फिल्मले बम्पर ओपनिङ नै गर्न सक्यो । प्रदर्शनको छैटौं दिनसम्म फिल्मले जम्मा २४ लाख ९३ हजार ९ सय ११ रुपैयाँ मात्र ग्रस कलेक्सन गर्न सकेको छ, जुन अत्यन्तै कमजोर व्यापार हो ।

    रिलिज नजिकिँदै गर्दा फिल्म युनिटले लोकप्रिय गायक सुशान्त केसी र दुर्गेश थापालाई ओएसटीमा गवाएर प्रचारमा बल दिएको थियो । गीतले युट्युबमा राम्रै चर्चा बटुल्यो, तर त्यो चर्चा हलसम्म तान्न सकिएन ।

    यद्यपि, फिल्मको असफलता प्रत्यक्षरूपमा कलाकारको क्षमतासँग जोडिदैन। तर, विपिनजस्तो अब्बल अभिनय गर्ने कलाकारको हकमा भने, उनी दर्शकमाझको प्रभाव कम हुँदै गएको त होइन ? भन्ने प्रश्न खडा हुन थालेको छ । सामाजिक कथावस्तुमा रुचाइएका उनले पछिल्लो समय अभिनय छनोटमा देखाएको परिवर्तनले उनीप्रति दर्शकको अपेक्षा घट्दो छ भन्ने संकेत गर्न थालेको छ ।

    Post Views: 318
    • Bipin Karki
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    • Karma
    प्रकाशित मिति: २०८२ बैशाख ४, बिहीबार २३:१४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.