• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

वितरकले दिने रिपोर्ट र बक्सअफिस रिपोर्टमा फरक पर्दैन : अध्यक्ष महर्जन

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ४, बिहीबार १६:१४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । प्रदर्शकले फिल्मलाई उचित शो सङ्ख्या उपलब्ध नगराएको गुनासो नौलो रहेन । तर गएको वर्ष २०८१ मा निर्देशक तथा निर्माता निश्चल बस्नेतले आफ्नो फिल्म ‘बेहुली फ्रम मेघौली’ लाई शोजमा विभेद गरेको भन्दै चल्दाचल्दै हलबाट झिके । पछि लगत्तै ओटीटी रिलिज गरिदिए ।

    यस अगाडि पनि निश्चलले विदेशी फिल्म सरह शो सङ्ख्या र फिल्म प्रदर्शन भएसम्म बराबर व्यापार बाँडफाट हुनुपर्ने अडान राख्दै फिल्म ‘दिमाग खराब’ को प्रदर्शन पनि रोक्ने चेतावनी दिएका थिए । अभिनेता प्रदीप खड्काले पनि ‘प्रकाश’ प्रदर्शन ताका प्रदर्शकले उचित शो नदिएको भन्दै पत्रकार सम्मेलन नै गरेर हंगामा मच्चाएका थिए ।

    बेलाबखतमा सार्वजनिक हुने यी विवादसँगै निर्माताले उचित शो नपाएको गुनासो गरिनै रहेका हुन्छन् । जबकि चलचित्र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घमा निर्मातासमेत रहेका प्रदर्शकको संख्या उल्लेख्य नै छ । यसका अध्यक्ष नरेन्द्र महर्जन स्वयंले ‘लूट’ निर्माण गरेका हुन् । के उनले पनि निर्माताको भावना बुझ्न नसकेकै हुन् त ? अध्यक्ष महर्जन भने आफूहरुले दर्शकको रोजाई र माग अनुसार नै हलमा शो सङ्ख्या घटबढ गराउने गरेको बताउँछन् ।

    ‘सुरुआती समयमा केही हल नेटवर्कले आफ्नो पोलिसी अनुसार काम गरेको पाइन्छ, तर फिल्मले दर्शक पायो भने शो नबढाउने प्रदर्शक (हलवाला) हुँदैनन् । गएको दसैँमा दीपकजी (दीपकराज गिरी) ले आफ्नो हलमा आफ्नै फिल्म छक्का पञ्जा ५ को शो घटाएर सँगै रिलिज भएको फिल्म १२ गाउँको शोज बढाउनु भयो । हामी व्यवसाय गर्न आएका हौँ, हामीले कसैलाई विभेद गर्दैनौं’, उनले भने ।

    अध्यक्ष महर्जनले फिल्मको प्रचारमा पनि हलवालाले सघाउने गरेको बताए । उनले १५ दिन ट्रेलर बजाएको र पोस्टर राखेको शुल्क निर्मातासँग नलिने गरेको जानकारी दिए । ‘हामीले निःशुल्क ट्रेलर देखाउने सुविधा दिने हो भने तीन/चार महिना अगाडिदेखि नै भिडियो सामग्री आउँछ, त्यो बेला नाई भन्न गाह्रो हुन्छ । तर हामीले पोस्टर लगायतका सामग्रीमा शुल्क लिने गरेका छैनौं’, अध्यक्ष महर्जनले कलाशैलीसँग भने ।

    उनले नेपालभरका सम्पूर्ण हलमा बक्सअफिस सिस्टम जडान भएकाले अब वितरकले दिने कलेक्सन रिपोर्ट र बक्सअफिस रिपोर्टमा फरक नपर्ने बताए । त्यसैगरी, निर्माताले हल व्यापारको रकम समयमा नपाएको गुनासो गरिरहँदा महर्जनले केही हलले फिल्म प्रदर्शन गरेपछिको रकम निर्माता, वितरकलाई पठाउन ढिलाई गर्दा सङ्घले अग्रसरता लिएको दाबी गर्छन् ।

    ‘हाम्रो सबै सदस्यको एकनासको व्यवहार छ भन्न सक्दिनँ तर निर्माताले वितरकमार्फत बिल उपलब्ध गराएको १५ दिनमा भुक्तानी गर्न सङ्घले पनि हललाई निर्देशन दिने गरेको छ । त्यो समस्या अहिले छिटपुट देखिने गरेको छ’, उनले भने ।

    Post Views: 358
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    • Narendra Maharjan
    प्रकाशित मिति: २०८२ बैशाख ४, बिहीबार १६:१४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.